१६ चैत्र २०८० शुक्रबार
समाज

करेन्ट लागेर सर्लाहीमा एक युवकको मृत्यु

सर्लाहीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। सर्लाहीको विष्णु गाउँपालिका ६ सिमराका लालबाबु महतो कुशवाहाको तरकारी बारीमा करेन्ट लागेर स्थानीय एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय राम बेचन रामका छोरा ३६ वर्षीय शैलेन्द्र राम रहेका छन्।  

कुशवाहाको तरकारी बारीमा रामको करेन्ट लागेर मृत्यु भएको खबर सुनेपछि प्रहरीले रामको शवलाई पोस्ट मार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ। घटनाको अनुसन्धानको लागि तरकारी खेतका धनी कुशवाहालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी गराएका छन्।

प्रकाशित: १२ जेष्ठ २०७९ १२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App