८ वैशाख २०८१ शनिबार
समाज

शंकास्पद अवस्थामा २५ जना पक्राउ

आपत्तिजनक यौनजन्य गतिविधि गरिरहेको अवस्थामा २५ जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपालगन्जस्थित न्यूरोड, बसपार्क र टांगा स्टेसन आसपासका क्षेत्रका होटल, कटेज तथा नास्ता पसलहरुबाट वडा प्रहरी कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो।

१७ जना महिला र आठजना पुरुष पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानेले बताए। होटेलमा अवाञ्छित यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाएको प्रहरीले जनाएको छ। उनीहरुलाई आपत्तिजनक अवस्थामा फेला पारिएको डिएसपी न्यौपानेले जानकारी दिए।

प्रहरीका अनुसार चन्दननाथ होटेलबाट एकजना महिला, नारायण सल्लीबजार होटलबाट एकजना होटल सञ्चालक पुरुष र दुईजना महिलापुरुष, आयुश नास्ता पसलबाट एकजना होटल सञ्चालक महिला र तीनजना महिला, रिभरसाइड कटेजबाट सञ्चालकसहित पाँचजना पुरुष एवम् ६ जना महिलासहित ११ जना र कर्णाली सन्देश होटलबाट सञ्चालकससहित सातजना गरी जम्मा २५ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको हो। तीमध्ये १७ जना महिला र आठजना पुरुष छन्।  

नेपालगन्जको न्यूरोड, बसपार्क र टांगा स्टेण्ड क्षेत्रमा साँझको समयमा नास्ता खान आउने बाहनामा अवाञ्छित क्रियालाप भइरहेको भनेर स्थानीयहरुले दिएको सूचनाका आधारमा छापा मारिएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई अभद्र व्यवहारको मुद्दा चलाइएको प्रहरी प्रवक्ता न्यौपानेले बताए।

प्रकाशित: १२ जेष्ठ २०७९ ११:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App