५ वैशाख २०८१ बुधबार
समाज

पाँच वर्षअघि विद्यार्थी बलात्कार गरेको आरोपमा तत्कालीन प्रिन्सिपल खड्का पक्राउ

पाँच वर्षअघि इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलको कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई पक्राउ गरेको छ। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो। 

उनले आफू प्रिन्सिपल रहेको ब्लूमिङ लोटस इंग्लिस स्कुलमा अध्ययनरत एक जना विद्यार्थीलाई उपचारका लागि अस्पताल लैजाने भन्दै होटल लगेर बलात्कार गरेका थिए। उनले  ती विद्यार्थीले कसैलाई भनेको थाहा पाए स्कुलबाट निकालीदिने भन्दै धम्की देखाएर लगातार दुई वर्षसम्म बलात्कार गरेका खुलेकाे थियाे। 

ती विद्यार्थीले प्रहरीमा उजुरी गरेपनि प्रहरीले खड्कालाई फरारकाे सूचिमा राखेकाे थियाे। उनले ५ वर्षपछि सामाजिक सञ्जालमार्फत पुन: घटनाकाे खुलासा गरेपछि प्रहरीले खड्कालाई पक्राउ गरेकाे हाे। 

प्रकाशित: १२ जेष्ठ २०७९ १०:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App