६ वैशाख २०८१ बिहीबार
समाज

उदयपुरमा नातिद्वारा हजुरआमाको हत्या

उदयपुरकी एक बृद्धाको आफ्नै नातिद्वारा हत्या भएको छ। कटारी नगरपालिका ७ रिस्कुकी ७२ वर्षीया बृद्धा धनी भन्ने मनमाया दनुवारको नाति रोहित दनुवारले हत्या गरेका हुन्।  

इलाका प्रहरी कार्यालय कटारीका अनु्सार बुधबार विहान ५ बजे जस्तो समयमा २७ वर्षीय रोहितले हजुरआमालाई धारिलो हतियार खुकरीले घाँटीमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घरमा एक्लै बस्दै आएकी मनमायासँग रोहितको जग्गा सम्बन्धि बिवाद रहेको सुरुवाती अनुसन्धानले देखाएको इप्रका कटारी प्रमुख डिएसपी मानबहादुर राईले बताए।  

 केहीवर्ष वैदेशिक रोजगारीमा विदेश बसेर फर्केका रोहित हाल काठमाडौंमा व्यवसाय गर्दै आएको बताइएको छ। एकल महिला मनमायासँग उनको जग्गा सम्बन्धी बिबाद भएको बुझिएको तर, विस्तृत जानकारी भने अनुसन्धानपछि मात्र खुल्ने डिएसपी राईले बताएका छन्।  

घट्नालगत्तै फरार रहेका दनुवारलाई भर्खरै प्रहरीले पक्राउ गरेको जनाएको छ। घट्नास्थल पुगेर सर्जमिन मुचुल्का गरी फर्केको प्रहरीले मृतकको लास पोष्टमार्टमका लागि कटारी अस्पतालमा बुझाउने तयारी गरिरहेको जनाएको छ। हत्याको कारण घट्नाबारे थप अनुसन्धान गरेपछि मात्र खुल्ने डिएसपी राईले बताएका छन्।

प्रकाशित: १२ जेष्ठ २०७९ ०६:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App