८ वैशाख २०८१ शनिबार
समाज

देशका केही स्थानमा हावाहुरीसहित हल्का वर्षा सम्भावना

हाल नेपालमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। बिहान प्रदेश १ र मधेस प्रदेशका एक/दुई स्थानमा वर्षा भएको छ। 

दिउँसो प्रदेश १ र बागमतीका केही र अन्य प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। शुक्रबार पहाडी भू-भागका थोरै स्थानमा वर्षाको सम्भावना छ। राति प्रदेश १ का थोरै स्थान र अन्य पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। शनिबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: १२ जेष्ठ २०७९ ०३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App