सरकारले सामाजिक सञ्जालबाट कर उठाउने नीति ल्याएको छ। सञ्जाललाई कानुनी दायरामा ल्याउने बताइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त कुरा बताएकी हुन्।
यसैगरी नेपालकाे स्याटेलाइट स्थापनाकाे पहल गर्ने तथा सामुदायिक अस्पताल र विद्यालयलाई ५० प्रतिशत सहुलियत दरमा इन्टरनेट सेवा उपलब्ध गराउने, शिक्षालाई सिप, सिपलाई रोजगारी, रोजगारीलाई उत्पादन र उत्पादनलाई बजारसँग जोडने नीति लिइने बताइएको छ। डडेलधुरामा मेडिकल कलेज संचालनमा ल्याउने, प्रत्येक प्रदेशमा प्रशिक्षण सुविधासहितको अन्तराष्टिय स्तरको रंगशाला निर्माण गर्ने नीति पनि सार्वजनिक गरिएको छ।
प्रकाशित: १० जेष्ठ २०७९ १७:४३ मंगलबार