coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बाबुछोराको विभत्स हत्या

पाल बाबुछोराको हत्यापछि भावविहवल परिवारका सदस्य। तस्बिरः नागरिक

सिरहाको अर्नामा गाउँपालिका–१ महनौर गाउँमा बाबुछोराको विभत्स हत्या भएको छ। महनौरका ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमार पालको विभत्स हत्या भएको हो।

घरमै सुतिरहेको अवस्थामा गएराति धारिलो हतियार प्रहार गरी बाबुछोराको हत्या भएको प्रहरीले जनाएको छ। सन्त कुमारको आगामी जेठ ११ गते विवाह तय भएको थियो।

छिमकका महिलाहरु राति १२ बजेसम्म घरमा विवाहको गीत गाएर फर्केपछि बाबुछोरा घरको छुट्टाछुट्टै कोठामा सुतेका थिए। सुतेकै स्थानमा बुबा छोराको धारिलो हतियार प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुभाष बुढाथोकीले बताए। प्रहरीले घटनास्थलमा तालिम प्राप्त कुकुरबाट खोजी तथा अनुसन्धान गरिरहेको छ। अहिलेसम्म हत्याराबारे प्रहरीले सुइँको पाएको छैन।

‘बाबुछोराको ओछयानमै शव फेला परेको छ,’ डिएसपी ढकालले भने, ‘शव प्रादेशिक अस्पताल सिरहामा पोष्टमार्टमपछि परिवारजनको जिम्मा लगाइएको छ। हत्याबारे हामी शुक्ष्म अनुसन्धान गर्दैछौं उनले भने,‘अहिलेसम्म संलग्नबारे पत्तो लाग्न सकेको छैन। दुवैजनाको शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको छ।

महनौर बजारमै हार्डवेयर पसलमा काम गर्दै आएका सन्तकुमार इमान्दार र असल छविको युवा रहेको स्थानीयले बताए।

प्रकाशित: ८ जेष्ठ २०७९ १५:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App