coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बारा प्रहरी कार्यालय अगाडि मृतक पासवानको परिवारद्वारा प्रदर्शन

जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्दै पासवानको आफन्तहरु।

जितपुर सिमरा उपमहानगरपालिका २० इनर्वासीरामा हत्या गरिएका २२ वर्षीय दिपक पासवानको हत्यामा संलग्नहरुलाई कार्वाहीको माग गर्दै मृतकका आफन्त र गाउँलेले जिल्ला प्रहरी कार्यालय अगाडि आइतबार प्रदर्शन गरेका छन्।

पासवानका परिवारले हत्यामा संलग्नहरुलाई कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दिन जाँदा प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि उनीहरु प्रदर्शन गरेका हुन्।

चुनावी रिसिइबीको कारणले हत्या गरिएका पसावनको शव जेठ ४ गते गाउँ छेउकै खोलामा फालिएको अवस्थामा भेटिएको थियो।

मृतक पासवानकी आमा सुनैना पासवानले छोराको हत्यामा संलग्न रहेकाहरुलाई कारबाही गर्नको लागि किटानी जोहरी दिन जाँदा प्रहरीले जाहेरी दर्ता गर्न नमानेको गुनासो गरेकी छिन्।

छोराको हत्यामा वडा अध्यक्षमा निर्वाचित एमालेका रसुल अन्सारीसहित ५ जना एमाले कार्यकर्ताको संलग्नता रहेकोले प्रहरीले जाहेरी लिनमा आनाकानी गरेको उनले आरोप लगाइन्।

वैशाख ३० गते निर्वाचनका दिन मतदानका क्रममा एमाले समर्थकहरुसंग विवाद हुँदा उनीहरुले काँग्रेसका समर्थक छोरालाई ज्यान मार्ने धम्की दिएको उनले बताइन्।

एमाले कार्यकर्ताले ज्यान मार्ने धम्की दिएको तीन दिनपछि जेठ ३ गते दिपक बेपत्ता भएका थिए। जेठ ४ गते गाउँ छेउकै खोलामा दिपकको निर्मम तरिकाले हत्या गरि शव फालिएको अवस्थामा भेटिएको थियो।

बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले मृतक पासवानको परिवाले वडा अध्यक्ष रसुल अंसारीलाई समेत जाहेरीमा नाम लिएर आएकोले अनुसन्धान नै नगरि दर्ता गर्न समस्या भएको बताएका छन्।

पासवानको हत्यामा संलग्न रहेका मुख्य आरोपित पक्राउ परेकोले त्यसै अनुसार जाहेरी लिएर आउन पासवानका परिवालाई सम्झाएको थापाले बताए।

प्रकाशित: ८ जेष्ठ २०७९ १३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App