coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

शिक्षामन्त्री पौडेल बेलायत भ्रमणमा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बेलायतमा आयोजना हुने एक अन्तराष्ट्रिय शिक्षा सम्बन्धी सम्मेलनमा भाग लिन लण्डन आइपुगेका छन्। १०७ देशका ११२ जना मन्त्रीहरुको सहभागीता रहने सो विश्व सम्मेलनमा सहभागी हुन शिक्षा मन्त्री पौडेलसहितको टोली शनिबार साँझ लण्डन आइपुगेको हो।

वल्र्ड एजुकेशन फोरमको आयोजनामा लण्डनमा ४ दिनसम्म चल्ले सो सम्मेलनमा नेपालको प्रतिनिधिमण्डलले सहभागीता जनाउनेछ। मन्त्री पौडेलसहितको टोली लण्डनस्थित हिजाे विमानस्थल उत्रिदा बेलायतस्थित नेपाली दुतावासकी प्रवक्ता रोशन खनालले स्वागत गरेकी थिइन्।

सो सम्मेलनमा शिक्षा मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, उपसचिव घनश्याम अर्याल समेत सहभागी हुने मन्त्रीका स्वीकीय सचिव राजन पौडेलले जानकारी दिए। एक साता बेलायतमा रहने मन्त्री पौडेलले बेलायतस्थित नेपाली संघसंस्था तथा नेपाली समुदायसंघ समेत भेटघाट गर्ने बताएको छ।

प्रकाशित: ८ जेष्ठ २०७९ ०४:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App