coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हावाहुरीको कारण मृत्यु हुने तीन जनाको सनाखत

चितवनमा हावाहुरीका कारण रुख ढाल्दा च्यापिएर मृत्यु भएकाको पहिचान भएको छ। हिजो साँझ आएको हावाहुरीले ढालेको रुखले च्यापेर भरतपुरमा म्याजिक र अटोमा सवार तीन जनाको मृत्यु भएको थियो।  

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, भरतपुर ११ भोजाडमा   ना२ह २२४७ नं. का अटो चालक भरतपुर ११  लामाटोलका प्रदिप कुमार लामा र सोही अटोमा सवार गोरखाकी माया गुरुङको मृत्यु भएको हो। साथै अटोमा सवार लामाटोलकै अबिता गुरुङ र ५० की तुल मांया गुरुङ घाईते भएका छन्।  उनीहरूको उपचार पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।  

त्यस्तै  भरतपुर ११ बसेनिमा ना १ ज ६१४० नं. को म्याजिकलाई रुखले किच्दा उक्त  म्याजिकमा सवार भरतपुर ११का लोकनाथ न्यौपानेको घटनास्थलमानै मृत्यु भएको छ।  मृतकको शव भरतपुर सरकारी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए।

यस्तै हावाहुरीका कारण रुखले तथा घरका छनोले च्यापेर १० जान भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, हावाहुरीको कारण भाँचिएको रुखको हांगाले लागी  भरतपुर १२की  १४आसिक सुनार घाइते भएका छ्न्। उनको उपचार  नयां मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ।  

हावाहुरीको कारण गुडिरहेको मोटरसाइकलमा लागेर भरतपुर १८ का झगरा प्रसाद पनेरु घाइते भएका छ्न्। घरको तीन खसेर भरतपुर ५ कि सुनिता देवकोटा सुनिता देवकोटा  घाईते भएकी छिन्। उनको उपचार नयाँमेडिकल कलेमा उपचार भइरहेको छ

हावाहुरीले सानो गाडी पल्टाउँदा कालिका न.पा.३ पदमपुर बस्ने बर्ष ४१ की सबिना श्रेष्ठ  भएका छन्।  त्यस्तै  हावाहुरीले सानो गाडी पल्टाउँदा भरतपुर-११ बसेनी बस्ने बर्ष ७३ को रण बहादुर थापा घाइते भएको प्रहरीले जनाएको छ।  

भरतपुर -११ शिक्षालय अगाडी ना ६ ख ३२३७ नम्बरको आईचर ट्रकमा रुख ढली लाग्दा ट्रक चालक हेटौंडाका उपेन्द्रसिंह घलान र ट्रकको सह चालक अनिल मोक्तान  घाइते भएका छन्।

भरतपुर- ११ मौलाकालिका नर्सिङ होमको झ्यालको सिसाले टाउकोमा एक जना घाइते भई भरतपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

भरतपुर( १० जेष्ठ नागरिक चोक स्थित चौतारामा रहेको ठुलो बरको रुख ढली भरतपुर ११ बस्ने बर्ष  ३५ की निशा खान  र  सिता रेग्मीको टाउको र ढाडमा चोट लागेको छ।  

साथै हिजो साँझ आएको ठुलो हावाहुरीका कारण चितवनमा ठूलो मात्रामा भौतिक संरचना समेत क्षती पुगेको छ। ठाँउ ठाउँमा रूख ढल्दा सडक अवरुद्ध बनेका छन्। भरतपुर मनपा ११ भोजाड जंगलबाट पदमपुर जाने बाटोमा ठुलो रुख ढली बाटो अबरोध भएकोले पन्छाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ। अन्य स्थानको रुखहरु हटाई बाटो सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता अधिकारीले बताए।

हिजोदेखि भरतपुरको विद्युत सेवा अवरुद्ध बनेको छ। भरतपुर ६ पारसनगर,भरतपुर १५ मंगलपुर र महेन्द्र चोक, भरतपुर १० चौबिसकोठी र बाईपासरोड, भरतपुर ५ डक्काको घोल,भरतपुर ८ पांडेघुम्ती, नहरचोक र बनदेबी चोक लगायतका स्थानमा विद्युतका पोल ढलेका छन्।

प्रकाशित: ७ जेष्ठ २०७९ ०२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App