४ वैशाख २०८१ मंगलबार
समाज

बलात्कार घटनामा उजुरी हदम्याद हटाउ सरकारः युवतीलाई ‘परामर्श’ गर्न घरमा पुग्यो प्रहरी

सात वर्षअघि ‘मिस ग्लोबल इन्टरनेसनल– २०१४’ ब्युटी प्याजेन्टमा सहभागी हुँदा मुख्य आयोजकबाट बलात्कृत भएको खुलासा गरेकी युवतीका लागि न्याय माग्दै प्रदर्शनकारीले राजधानीमा धर्ना दिएका छन्। अकुपाइ बालुवाटार’ अभियानअन्तर्गत शुक्रबार राजधानीको बालुवाटारमा भएको ‘रेप निड्स जस्टिस’ नामक धर्नामा प्रदर्शनकारीहरूले पीडित युवतीको जाहेरी दर्ता गर्न हदम्यादको व्यवस्था हटाउनुपर्ने माग गरेका थिए।

धर्नामा सहभागी एक प्रदर्शनकारीले पीडित युवतीलाई परामर्श र कानुनी सहायताको आवश्यकता परिरहेको तर्क गरेकी थिइन्। ‘१६ वर्षको उमेरमा मुख्य आयोजकले ममाथि बलात्कार गर्‍यो भनेर पीडित युवतीले तत्कालीन कोरियोग्राफर माल्भिका सुब्बालाई भन्दा समेत उनले बेवास्ता गर्दा पीडित युवती मानसिक रूपमा विक्षिप्त भएकी छन्’ उनले भनिन्, ‘महिलाका निम्ति सुरक्षित समाज बनाउन आवश्यक छ। तब उनीहरू आफूमाथि भएको समस्या खुलेर सबैमाझ भन्न सक्छन्। हामी माल्भिका सुब्बा होइनौं। पीडित युवतीलाई सकेसम्म सहयोग र परामर्श दिन लागिपरेका छौं।’

मोडलिङ र अभिनयमा करिअर बनाउन लागिपरेकी पीडित युवतीले बुधबार सामाजिक सञ्जाल टिकटकमार्फत मिस ग्लोबल इन्टरनेसनल– २०१४’ ब्युटी प्याजेन्टका मुख्य आयोजकबाट बलात्कृत भएको सार्वजनिक गरेकी थिइन्। २०७१ सालमा आफू १६ वर्षकी हुँदा मुख्य आयोजकले ‘सक्सेस पार्टी’ भनेर एभरेस्ट होटलमा बोलाएर बेहोस हुने ड्रिंक्स खुवाएर आफूमाथि बलात्कार गरेको बताएकी थिइन्।

पीडकले आफ्नो नग्न फोटो र भिडियो खिचेर ६ महिनासम्म ब्लाकमेल गरेर बलात्कार गरेको, सो घटनापछि डिप्रेसनको सिकार हुँदै जाँदा आत्महत्याको प्रयाससमेत गरेको र बल्ल यसबारे सबैलाई भन्न सकेको तर्क गरेकी थिइन्। उनले पूर्व मिस नेपाल तथा कोरियोग्राफर माल्भिका सुब्बालाई सहयोगको याचना गरे पनि ‘त्यो तिम्रो समस्या हो, मेरो होइन भनेर पन्छिएको’ उनले भिडियोमा उल्लेख गरेकी थिइन्।

धर्नामा सहभागी बौद्धकी सोनम शेर्पाले पीडित युवतीलाई तत्काल परामर्श प्रदान गर्नुपर्ने तर्क गरेकी थिइन्। ‘पीडित युवतीले आफूमाथि भएको घटना सार्वजनिक गरिरहँदा सर्वप्रथम उनलाई काउन्सिलिङको जरुरी छ’ उनले भनिन्, ‘यस्ता घटनालाई सम्बोधन गर्न सरकारले हदम्यादको व्यवस्था हटाउनुपर्छ र आरोपितहरूलाई कानुनी दायरामा ल्याउनुपर्छ। आरोपितलाई संरक्षण गर्ने काम राज्य स्वयंले गरिरहेको हुँदा यसले पीडित युवतीलाई थप मर्माहत तुल्याएको छ ।’ उनले यौन हिंसाका घटना बाहिर ल्याउन अन्य पीडित युवतीलाई समेत आग्रह गरेकी थिइन्।

झन्डै एक हजार प्रदर्शनकारी सहभागी धर्नाको सुरक्षा व्यवस्था कडा पारिएको थियो। राजधानीको भाटभटेनीबाट प्रदर्शनकारी बालुवाटारतर्फ अघि बढेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। त्यसपछि प्रदर्शनकारीले भाटभटेनीमा कोणसभा गरेर पीडित युवतीका पक्षमा न्याय मागेका थिए। ‘यौनजन्य घटना नयाँ होस् वा पुरानो’ प्रदर्शनकारी भन्दै थिए, ‘पीडितलाई तत्काल न्याय दे सरकार।

हदम्याद हटाएर पीडित बचाऊ ।’ अर्की प्रदर्शनकारी सिर्जना विश्वकर्माले बलात्कारसम्बन्धी कानुनी फितलो भएको गुनासो गरेकी थिइन्। ‘बलात्कारसम्बन्धी कानुन फितलो हुँदा पटक–पटक यस्ता घटना दोहोरिएका छन्’ उनले भनिन्, ‘पीडकलाई कानुनी दायरामा ल्याउने नीति कमजोर हुँदा पीडितमाथि झन् पीडा थपिएको छ।’

प्रदर्शनकारीहरूले ‘बलात्कार र यौनजन्य हिंसाका मुद्दाका निर्णय गर्ने फास्टट्र्याक अदालतको स्थापना गर’, ‘पीडितलाई बाँच्नका लागि सहयोग गर’, ‘हदम्याद पीडितहरूलाई कानुनी कदममा बाधक र उत्पीडकहरूलाई उन्मुक्ति हो’, ‘बलात्कारका मुद्दामा उजुरी गर्ने हदम्याद हटाऊ’, ‘हाम्रो सरकार के हेर्दै छ?’

प्रकाशित: ७ जेष्ठ २०७९ ०१:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App