coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बुवाको कुटाइबाट ५ वर्षे छोराको मृत्यु

कपिलवस्तुको बाणगंगा नगरपालिका–५ मा रक्सीले मातेका बुवाको कुटाइबाट ५ बर्से छोराको मृत्यु भएको छ।

बाणगंगा नगरपालिका वडा नं. ५ सिमलखोरस्थित २६ बर्से लक्ष्मण कोहारले ५ बर्से झड्केलो छोरा आशिष कुमाललाई रक्सी खाई कुटपिट गर्दा उनको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय पिपराका अनुसार घाइते बालकको उपचारको क्रममा ज्यान गएको हो। प्रहरी निरीक्षक दिपकबाबु केसीका अनुसार रक्सी खाई कोहारले छोरा आशिषलाई पटकपटक कुटेर  घाइते पारेका थिए।

उपचारका लागि कपिलवस्तु सामुदायिक अस्पताल जितपुर लैजाने क्रममा मृत्यु भएको हो। बुधबार राति बाबुले छोरालाई कुटपिट गरेका थिए। बालक बाणगंगा नगरपालिका वडा नं. ८ स्थित मामाघरमा बस्दै थिए। केही दिनअघि आमासँग उनी  सिमलखोर गएका थिए। अभियुक्त बाबुलाई इलाका प्रहरी कार्यालय पिपराले नियन्त्रणमा लिई आवश्यक कार्वाही प्रक्रिया थालेको प्रहरी निरीक्षक केसीले बताए।

प्रकाशित: ६ जेष्ठ २०७९ ०५:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App