६ वैशाख २०८१ बिहीबार
समाज

कार्यालय प्रमुखलाई मितव्ययिता अपनाउन प्रजिअको निर्देशन

स्थानीयतहको निर्वाचन सम्पन्न भएलगत्तै जिल्ला प्रशासन कार्यालयमा डाकिएको पहिलो कार्यालय प्रमुखको बैठकमा प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले मितव्ययीता अपानाउँन  निर्देशन दिएका छन् ।  

सरकारी साधनको दुरुपयोग नियन्त्रण गरी ईन्धन वचत गर्न, संसोधित कार्यालय समयलाई कर्मचारीले तदारुकता साथ पालना गर्न समेत कार्यालय प्रमुखको बैठकमा निर्णय भएको छ।  

बैठकमा बढदो मंहगी नियन्त्रण र उपभोग्य वस्तुको गुणस्तरयितता कायम गर्न अनुगमनलाई प्राथामिकताका साथ अघि बढाउँन उक्त बैठकमा क्रमस निर्णय भएको छ। नव निर्वाचित जनप्रतिनिधि जिम्मेवारी सम्हाल्ने अवस्थामा कर्मचारीले सेवाग्राहीमुखी वातारवरणमा सरकारी कार्यालयले दिने सेवाको बिषयहरुलाई प्रथामिकतामा राखी पालना गर्न कार्यालय प्रमुखलाई प्रजिअ वास्तोलाले निर्देशन दिएका छन् । उनले वेरुजु फस्र्यौट गर्न कार्यालय प्रमुख समक्ष निर्देशन दिएका छन्।

संसोसिध बिदाको समयमा सरकारी साधन दुरुपयोग रोकि इन्धन वचत गर्न कार्यालय बैठकमा निर्णय भएको प्रजिअ वास्तोलाले बताए। ‘सरकारले कार्यालय समय र विदाको समय संसोधन गरेको छ’उनले भने,‘ संसोधित कार्यालय समयमा कर्मचारीले तदारुकता देखाउन र ईन्धन वचत गर्न बैठकमा निर्णय भएको छ।’ जिल्ला प्रशासन कार्यालयमा बिहिबार आयोजित कार्यालयको प्रमुखको बैठकमा कर्मचारीलाई सरकारी सम्पति दुरुपयोग रोकि मितव्ययिता अपनाउन प्रजिअ वास्तोलाले आग्रह गरेका छन्।

बर्खाको समय नजिकिएसँगै कार्यालय प्रमुखको बैठकमा दैविक प्रकोप बाढी,आगजनिबाट हुने हानी र नोक्सानी न्यूनिकरण गर्न थप सजगता अपनाउँनका लागि बैठकमा छलफल भएको छ। कार्यालय प्रमुखको बैठकमा महत्वपूर्ण विषयमा निर्णय भएको गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्ण प्रसाद गुरुङले बताए। संसोधित बिदाको समय र थप भएको कार्यालय समय पालनाको विषयमा  प्रजिअ वास्तोलाले दिएको निर्देशन सकारात्मक रुपमा लिएको उनको भनाई छ।

प्रकाशित: ५ जेष्ठ २०७९ १५:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App