काठमाडौंमा पौने आठ बजेदेखि भिषण हावाहुरी चलेको छ। हुन्डरीका कारण जनजिवन प्रभावित भएको छ। छिट्पुट वर्षासहित हुन्डरी चलिरहेको छ। एक्कासी चलेको हुन्डरीमा परेर पैदल तथा सवारी साधनका यात्रुहरु समस्यामा परेका छन्।
यो प्रारम्भिक मनसुनको समय हो। यस समयमा हुन्डरी, चट्याङको संभावना बढी हुन्छ। त्यसै पनि यो वर्ष मनसुन नियमित समय भन्दा दुई साताअघि सुरु हुने मौसमविद्हरुले अनुमान गरेका छन्।
प्रकाशित: ४ जेष्ठ २०७९ २०:०२ बुधबार