१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जीप दुर्घटना हुँदा मुगुका कांग्रेस सभापति घाइते

मुगु सदरमुकाम गमगढीबाट सोरु जाँदै गरेको जीप दुर्घटना हुँदा नेपाली कांग्रेस मुगुका सभापतिसहित तीन जना गम्भीर घाइते भएका छन्। 

गमगढीबाट सोरु गाउँपालिकाको विजयी र्‍यालीमा जाँदै गरेको लु१ज १७७२ नम्वरको जीप बुधबार विहान साढे ११ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटननामा कांग्रेस मुगुका सभापति ऐनबहादुर शाहीसहित कुवेरजंग शाही र नरवीर शाही घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइतेको हेलिकोप्टरमार्फत थप उपचारका लागि नेपालगञ्ज ल्याउने तयारी भइरहेको छ। 

जीप सोरुकोट गाउँपालिका–६ को बगनाहा नजिकै सडकबाट २० मिटर तल खसेको थियो। जीपको ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ जेष्ठ २०७९ ०९:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App