coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मुस्ताङको मार्फा बागबानी फारम पछाडि सुख्खा पहिरो

तस्बिरः सुशिलबावु थकालीको फेसबुकको भिडियोबाट साभार।

हिमालपारीको जिल्ला मुस्ताङमा सुख्खा पहिरो गएको छ। गत वर्षमात्रै दुईपटक हिमपहिरो गएको मुस्ताङमा मंगलबार मात्रै घरपझोङ गाँउपालिका वडा नं २ मार्फता बागबानी फारम पछाडि सुख्ख पहिरो गएको हो। सुख्ख पहिरोलेले बातावरण धुमिल बनाईदिएको छ।

मार्फास्थित पत्रकार सुशिलबावु थकालीले दिएको जानकारी अनुसार सुख्खा पहिरो झरेको हो। ढिस्को झरेको छ। धुलो उडेर केही देखिएको थिएन। अहिले धुलो उड्ने क्रम कम भएको छ। पहिरो वडा नं २ स्थित विकासे खोलामा खसेको हो।’ उनको भनाई थियो। सुख्खा पहिरोले मानवीय जोखिम नभएपनि सम्वेदनशिल बन्नुपर्ने खाँचो छ। गत नोभेम्बरमा समेत मुस्ताङको कोवाङस्थित मानापाथी हिमालमा हिमपहिरो गएको थियो।

मुस्ताङ प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार सुख्खा पहिरो खसेको देखिदैन्। उनले सुख्खा पहिरो माथिबाट तल खसेको नदेखिएको बताए। उनले हावाकै कारण धुलो उडेर बातावरण धुमिल बनाएर पनि पहिरोको यथार्थ नदेखिएको बताए। झण्डै ४५ मिनेट अघि मार्फाको बागबानी फारम पछाडिको सुख्खा पहिरो जादाँ धुलो उडेर वरिपरी धुलोले ढपक्कै ढाकेको थियो।

प्रकाशित: ३ जेष्ठ २०७९ ०८:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App