१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा वडा सदस्यका उम्मेदवारको मृत्यु, एक जना घाईते

धादिङको नीलकण्ठ नगरपालिका ८ ससाहको दारेगौडा नजिक आइचर ट्रक  र मोटरसाइकल ठोक्किदाँ एक जनाको मृत्यु भएको छ। मोटरसाइकलमा सवार अर्का एक जना गम्भीर घाईते भएका छन्।

नीलकण्ठ नगरपालिका(७ का २९ वर्षीय अर्जुन प्रसाद पोखरेलको धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।  दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा धादिङ अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ। 

उनी वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट नीलकण्ठ नगरपालिका वडा नं ७ को वडा सदस्यका उम्मेदवार समेत हुन्।

धादिङबेसीबाट मलेखु जाँदै गरेको बा ५ ख ७०७२ नम्बरको आइचर र धादिङबेसी आउँदै गरेको बागमती प्रदेश ०२–०३३ प ३३९४ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जानकारी दिए। दुर्घटनामा नीलकण्ठ नगरपालिका वडा नं ३ का २४ बर्सिय सन्तोष अधिकारी गम्भीर घाईते छन्। घाईते अधिकारीलाई उपचारका लागि काठमाडौं लगिएको छ।

प्रकाशित: २ जेष्ठ २०७९ १२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App