४ वैशाख २०८१ मंगलबार
समाज

दार्चुलामा विजयी जुलुसमा हिँडेकाे गाडी दुर्घटना ३ जनाको मृत्यु

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ ग्वानीमा हाइस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ।

शैल्यशिखर नगरपालिका वडा नम्बर९ गोकुलेश्वरबाट पनेबाँजतर्फ जादै गरेको  म१ ज२७७ नम्बरको हाइस शैल्यशिखर नगरपालिकाको वडा ६ ग्वानीको  रोलाखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक प्रकाशसिंह धामी र यात्रु नविन सिंह धामी र हरिश धामीको मृत्यु भएको छ। हाइस सडकबाट करिब पाँच सय मिटर तल भिरमा खसेको बताइएको छ। घटनास्थलमा प्रहरी खटिएको र दुर्घटना बारै थप जानकारी प्राप्त हुन बाँकी रहेको बताइएको छ।

तीन जना गाउँलेको ज्यान गएपछि ग्वानी गाउँ शोकमा डुबेको छ। उक्त हाइस शैल्यशिखर नगरपालिकाको केही समयअगाडि घोषणा भएको निर्वाचन परिणाम पश्चात विजय जुलुसमा सहभागि ल्याउनको लागी पनेबांजतर्फ आउदै गरेको बुझिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: २ जेष्ठ २०७९ ०५:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App