१६ चैत्र २०८० शुक्रबार
समाज

उदयपुरमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

कटारी नगरपालिका १० सोरुङ्गस्थित कालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा गोली चल्दा एक जना व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ।

माओवादी केन्द्रका वडा समिति सदस्य अर्जन मगरका अनुसार १८ वर्षीय वीरबहादुर कटुवालको मृत्यु भएको हो।  

उनका अनुसार वडाध्यक्षका उम्मेदवारबीचको विवादले उग्ररुप लिएपछि प्रहरीले सुरुमा हवाई फायर गरेको र त्यसबाट पनि झडप नियन्त्रणमा नआएपछि गोली चलाएको थियो। प्रहरीको गोली लागेर वीरबहादुरको मत्यु भएको हो। घटनामा १३ वर्षीय मोहन श्रेष्ठ घाइते भएका छन्।  

मृतकका काका गौरव कटुवाल विप्लव माओवादीबाट वडाध्यक्षका स्वतन्त्र उम्मेदवार थिए। कांग्रेसबाट बलबहादुर खत्री र एमालेबाट क्षेत्र खड्का वडाध्यक्षका उम्मेदवार थिए। यी उम्मेदवारबीचको विवाद झडपमा परिणत भएको थियाे।  

विप्लव माओवादीका जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले आफ्नै पार्टीका उम्मेदवार गौरवको भतिजा वीरबहादुर कटुवालको निधन भएको पुष्टि गरे। 

प्रकाशित: ३० वैशाख २०७९ १३:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App