coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

इलाममा ६५ प्रतिशत हाराहारी खस्यो मत

इलाममा करिब ६५ प्रतिशत मत खसेको छ। २ लाख २४ हजार ७ सय ४८ मतदातामध्ये यो संख्यामा मतदान भएको सिडिओ माधवप्रसाद ढुंगानाले जानकारी दिए। सूर्याेदयको एउटा र चुलाचुलीको एउटा मतदान केन्द्रबाहेक सबै केन्द्रमा मतदान सकिएको उनले जनाए।

उनका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। ‘अहिले नै ठ्याक्कै हिसाब चाहिँ आइहालेको छैन तर करिब ६५ प्रतिशत मत खसेको छ। सबै केन्द्रमा सौहार्दपूर्ण रूपमा मतदान भएको छ,’ उनले भने, ‘कतै कुनै अप्रिय घटना नभई मतदान सम्पन्न भएको छ।’

सिडिओ ढुंगानाका अनुसार जिल्लामा मौसमले पनिसाथ दिएकाले मतदानमा बाधा भएन। पालिकाका केन्द्रमा मतपेटिका पुगेपछि आजै मतगणना सुरु गरिने उनले जनाए। इलाम नगरपालिकामा केहीबेरमै मतगणना सुरु गरिँदैछ।जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाको कुल मतदाता संख्या २ लाख २४ हजार ७ सय ४८ छ।

तीमध्ये पुरुष १ लाख १५ हजार ५ सय ५४, महिला १ लाख ९ हजार १ सय ९२ र अन्य २ मतदाता छन्। सूर्योदय नगरपालिकामा सबैभन्दा बढी ४५ हजार १ सय ९४ मतदाता छन्। इलाम नगरपालिकामा ३६ हजार ७ सय ३०, देउमाईमा २५ हजार ८ सय ५८ र माई नगरमा २४ हजार २ सय ९४ मतदाता छन्।

गाउँपालिकामध्ये चुलाचुलीमा १८ हजार ५ सय ८०, फाकफोकथुममा १६ हजार ५ सय ३५, माइजोगमाईमा १६ हजार ५ सय ६६, माङ्सेबुङमा १२ हजार ५ सय ६८, रोङमा १५ हजार ३३ र सन्दकपुरमा १३ हजार ३ सय ९० मतदाता छन्। जिल्लामा एक सय ५१ मतदानस्थल र २ सय ८५ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले जानकारी दिए।

प्रकाशित: ३० वैशाख २०७९ १३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App