coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

जोशीलाई थप उपचारका लागि पोखरा लगियो

नेपाली कांग्रेसका कार्यकर्ताको कुटपिटबाट घाईते भएको व्यास नगरपालिकाका मेयरका उम्मेदवार दिपकराज जोशीलाई थप उपचारका लागि पोखरा लगिएको छ। दमौली अस्पतालको एम्बुलेन्स मार्फत उनलाई पोखरा लगिएको हो।

व्यास नगरपालिका–८ रिस्तीमा रिस्ती गाविस भवन मतदान केन्द्रको निरिक्षणमा गएका जोशीलाई कांग्रेसका कार्यकर्ताले कुटपिट गरेका हुन्।  उनी चढेको बा १५ च ६०२८ नम्बरको स्कारपियो तोडफोड गर्नुको साथै सडकमा गुल्टाइदिएका छन्।

मतदानस्थलमा एजेन्ट किन छैन भनेर मतदान अधिकृतसँग सोध्दा आफूमाथि एकैचोटि हमला भएको जोशी बताउँछन्। मतपत्र च्यातेपछि हातपात भएको कांग्रेसका कार्यकर्ताहरुले बताएका छन्।

प्रकाशित: ३० वैशाख २०७९ १३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App