८ वैशाख २०८१ शनिबार
समाज

मेयरका उम्मेदवार जोशीमाथी कुटपिट

व्यास नगरपालिकाको मेयरका उम्मेदवार दिपकराज जोशीमाथी कुटपिट भएको छ। व्यास नगरपालिका–८ रिस्तीमा मेयरका उम्मेदवार जोशीमाथि कुटपिट भएको हो। उनलाई नेपाली कांग्रेसका कार्यकर्ताहरुले कुटपिट गरेका हुन्।

जोशीको टाउकोमा चोट लागेको छ। उनको उपचारका लागी दमौली अस्पताल ल्याइएको छ। उनी चढेको गाडीमा समेत तोडफोड भएको छ। कांग्रेस कार्यकर्ताले जोशी चढेको बा १५ च ६०२८ नम्बरको स्कारपियो तोडफोड गरेर सडकमा पल्टाइ दिएका छन्।

रिस्ती गाविसको भवनको मतदान केन्द्रमा उनलाई कुटपिट गरिएको हो। नेपाली कांग्रेसको साधरण सदस्य समेत नरहने गरेर कारबाहीमा परेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहले व्यासमा नेकपा एमालेसँग तालमेल गर्दै स्थानीय तहको निर्वाचनमा होमिएको थियो।

मतदानस्थलमा एजेन्ट किन छैन भनेर मतदान अधिकृतसँग सोध्दा आफूमाथि एकैचोटि हमला भएको जोशीले बताए। 'बहुदलीय व्यवस्थामा वरिष्ठ नेताको गाउँमा मलाई मार्ने प्रयास भयो, यो कार्यको म भत्र्सना गर्दछु,' उनले भने।

प्रकाशित: ३० वैशाख २०७९ ११:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App