coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पर्सा छिपहरमाईका दुई मतदानस्थलमा तनाव, मिर्जापुरमा झडप हुँदा १५ राउण्ड हवाई फायर

शुक्रबार बिहान साढे १ बजे झगडामा घाइते वडा सदस्य उम्मेदवार कानु। तस्विरः नागरिक

बिहानदेखि पर्सामा शान्तिपूर्ण मतदान सुरु भएकोमा दिउँसो छिपहरमाई गाउँपलिकाको वाड नम्बर १ मिर्जापुर मतदानस्थलमा झडप भएको छ। 

स्थानीयहरुका अनुसार त्यहाँ अवस्थालाई नियन्त्रण गर्न प्रहरीले करिब एक दर्जन राउण्ड हवाई फायर गर्नुपरेको छ। ‘केहीबेर अवस्था तनावग्रस्त भएको थियो। स्थिती नियन्त्रणमा ल्याउन प्रहरीले केही रसाउण्ड हवाई फायर गर्नु परेको थियो, कति राउण्ड गोलि चल्यो भन्ने आउन बाकी छ,’ पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले भने, ‘अहिले स्थिती नियन्त्रणमा आइसकेको छ, मतदान पुनः सुचारु भएको छ।’

घटनामा ३ जनालाई चोटपटक लागेको स्थानीयले बताएका छन्। नेकपा एमालेका गाउँपालिका प्रमुखको उम्मेदवार मनोज गुप्ता र नेपाली काँग्रेसका उम्मेदवार नविन सिंहका समर्थकहरुबीच बिवाद सुरु भएर झडपको अवस्था बनेको स्थानीय अशोक कुशवाहाले बताए। 

त्यसैगरी छिपहरमाई गाउँपलिका कै वार्ड नम्बर २ चेरगहाँ मतदानस्थलमा बिहान एक चरण बिवाद भएर शान्त भएको थियो। दिउँसो साढे १२ बजेदेखि त्यहाँ फेरी तनाव भएर झडपको अवस्था बनेको स्थानीयले जनाएका छन्। एमालेका उम्मेदवार गुप्ताले जनता समाजवादी पार्टी (जसपा)का समर्थकलाई हातपात गरेको आरोप जसपाका कार्यकर्ताले लगाएका छन्।

मतदान सुरु हुनु अगाडि रातिको अध्यारो मैं, बिहान साढे १ बजे जसपाका २ नम्बर वार्डका सदस्य उम्मेदवार धुरन्दर साह कानु र एमालेका उम्मेदवार गुप्ताबीच हात हालाहाल भएर कानुलाई चोटपटक लागेको र नाक फुटेको कुशवाहाले जानकारी दिए। 

जिल्लामा रहेका १ सय ६७ मतदानस्थलमा शान्तिपुर्ण मतदान भइरहको बिहान प्रहरीले जनाएको थियो। दिउँसो जिल्लाको भारतसंग सिमा जोडिने, पश्चिम गाउँपालिका छिपहरमाईमा झडप भएपछि त्यहाँ प्रहरी सतर्कता बढाइएको छ। उक्त ठाउँलाई प्रहरीले संवेदनशिल क्षेत्रको सूचीमा राखेको थिएन।

प्रकाशित: ३० वैशाख २०७९ ०८:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App