coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ। मोरङको सुन्दरहरैँचा नगरपालिका–९ आदर्श चोकमा बुधबार साँझमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को ३५ प ७१३८ र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–०४४ प ६३४२ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना भएको हो। ६३४२ नम्बरको मोटरसाइकलका चालक सुन्दरहरैँचा–९ का ३५ वर्षीय नवराज राईको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।  

दुर्घटनामा घाइते भएका नवराजको उपचारका क्रममा राति पौने ९ बजेतिर मृत्यु भएको निरीक्षक कार्कीले बताए। सुन्दरहरैँचा–११ का २८ वर्षीय विमल इजम र पछाडि सवार सुन्दरहरैँचा–९ का ३२ वर्षीय इन्द्रकुमार लिम्बू घाइते भई उनीहरुको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ।

तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र दुवै मोटरसाइकलका चालकाको साथमा सवारी चालक अनुमतिपत्र फेला नपरेको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ वैशाख २०७९ ०५:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App