coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वडाध्यक्षका उम्मेदवारको निधन भएपछि बुद्धभूमि नगरपालिकाको निर्वाचन कार्यक्रम स्थगित

वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा स्थानीय तह निर्वाचन स्थगित भएको छ। नगरपालिकाको वडा नम्बर ८ का वडाध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको मृत्यु भएकोले शनिबार निर्वाचन कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचन ऐन दफा ६० अनुसार निर्वाचनको कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृत महेश पाण्डेयले बताए। एमालेबाट उम्मेदवार बनेका तिवारीको शुक्रबार मृत्यु भएको सूचना प्राप्त भएपछि निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गर्दै निर्वाचन कार्यक्रम स्थगित गरेको हो। तिवारीको भारतमा उपचारकाक्रममा निधन भएको थियो।

मुख्य निर्वाचन अधिकारी तेजेन्द्र प्रसाद शर्मा सापकोटाले तिवारीको मृत्युको बिषयमा निर्वाचन आयोगमा जानकारी गराएको बताए। पूर्वनिर्धारित तालिम अनुसार शनिबार दलहरुलाई चनाव चिन्ह प्रदान गर्ने कार्यक्रम छ। तिवारीको मृत्युले शनिबारको कार्यक्रम स्थगित भएको छ। निार्वचन आयोगको आदेश आएपछि मनोनय पत्रका लागि फेरि समय उपलब्ध गराइने शर्माले बताए। निर्वाचन भने वैशाख ३० गते नै हुनेछ।

प्रकाशित: १७ वैशाख २०७९ १४:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App