coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

स्थानीय तह निर्वाचनलाई लक्षित गरी ७२ घन्टा सीमानाका बन्द हुने

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको ७२ घन्टा अगावै सीमा नाका बन्द गर्ने निर्णय गरिएको छ। कपिलववस्तु, रुपन्देही, पश्चिम नवलपरसी, तथा भारतको सिद्धार्थ नगर बलरामपुर जिल्लाको सुरक्षा अधिकारीको रुपन्देहीको भैरहवामा भएको नेपाल भारत सुरक्षा अधिकारीको समन्वयात्मक बैठकमा सो निर्णय गरिएको हो।

सो अवधीमा आवतजावत समेत पूर्णरुपमा बन्द गरिने छ। निर्वाचनलाई लक्षित गरी बैठकले दुई देशबीच एकीकृत सुरक्षा योजना समेत निर्माण गरेको कपिलवस्तुका प्रजिअ धर्मेन्द्र कुमार मिश्राले बताए। निर्वाचनलाई लक्षित गरी सिमा नाकामा नेपाल र भारतीय सुरक्षाकर्मीको संयुक्त गस्ती समेत हुनेछन्।

बैठकमा नेपालका ३ जिल्ला र भारतका २ जिल्लाका सुरक्षा अधिकारीहरुबीच वैशाख ३० गते हुने निर्वाचन लक्षित सुरक्षा बारे छलफल गरि योजना समेत निर्माण गरिएको उनले बताए। ‘ निर्वाचनलाई मध्यनजर गर्दै दुई देशको सुरक्षा अधिकारीले सिमा नाकालाई व्यवस्थित र मर्यादीत बनाउने निर्णय गरेका छौ, प्रजिअ मिश्राले भने, ‘त्यसका लागि दुबै देशका सुरक्षा अधिकारीले अपसी सहयोग र सुचना आदान प्रदान गर्न समेत समहत भएको हौं।’ बैठक निर्वाचन केन्द्रित रहेको भन्दै उनले निर्वाचनलाई सुरक्षित, मर्यादीत, निष्पक्ष, भयरहीत बनाउने बिषयमा गहल छलफल भएको थियो।  

यस्तै, सीमा नाकामा मदीराजन्य पदार्थ समेत बिक्री बितरण्मा रोक लगाईने छ। भारतीय सीमा नाका बजारमा नेपालीहरु लागु औषध सेवन गर्न जाने भएकाले त्यसमा समेत भारतीय सुरक्षाकर्मीैले अब निग्रानी बढाउने प्रजिअ मिश्राले बताए। सिमा नाकामा सुरक्षा चेक प्वाईन्ट राख्ने, तत्कालै सुचना आदान प्रदान गर्ने, लागुऔाषध नियन्त्रण, मानव बेचबिखन तथा ओसारपोसार अवैध हातहतियार, अवैध मुद्राको कारोवार, सिमा क्षेत्रमा सचेननामुलक कार्यत्रलम गर्ने तथा सीमामा निग्रानी बढाउने गरी निर्णय गरिएका छन्। 

उता आचारसंहीता पालना गराउनका लागि भारततर्फ रहेको फ्ल्याक्स मेशीन र प्रेसमा आचारसंहिता विपरीत छपाईको काम गर्न नदिन भारतीय सुरक्षा अधिकारीले प्रतिबद्धता जनाएका छन्। सो अवसरमा भारतको सिद्धार्थ नगरका डिएम संजीव रंजनले नेपालमा वैशाख ३० गते हुने निर्वाचनलाई सफल बनाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।  

उता प्रजिअ मिश्रा र भारतको सिद्धार्थ नगरका डिएम संजीव रंजन बिच सीमा स्तम्भलाई मर्मत र ब्यवस्थि गनै बिषयमा समेत सहमति भएको छ। सीमा नाकामा ढेलेका, जीर्ण बनेका, नदीमा डुेबेका स्तम्भहरुलाई मर्मत गर्ने सहमति भएको प्रजिअ मिश्राले बताए। सन् २००६ मा नेपाल र भारतका संयुक्त प्राविधिक सीमा समितिको दुई पक्षीय सहमित भएको थियो। 

सो सहमतिमा बिजोर अंको पिलर नेपाल र जोर अंकको पिलर भारतले मर्मत गर्ने सहमति भएको थियो। बैठकमा कपिलवस्तुका प्रजिअ मिश्रा, रुपन्देहीका प्रअिज क्रषीराम तिवारी, नवलपरासीका प्रजिअ श्रवण कुमार पोख्रेल, नेपालका ३ जिल्लाका सुरक्षा अधिकारी, भारतको महाराजगंजका डिएम सत्येन्द्र कुमार, सिद्धार्थनगरका डिएम संजीव रंजन लगायतको सहभागीता रहेको थियो। 

प्रकाशित: १६ वैशाख २०७९ ११:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App