८ वैशाख २०८१ शनिबार
समाज

गीत गाउँने क्रममा एकको मृत्यु, सात घाइते

करेन्टलागेर रौतहटमा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

रौतहटको दुर्गा भगवती गाउँपालिका-१ स्थित शिव मन्दिर टोलमा स्थानीय बस्ने नरेश राउतको छोरीको बिवाहको मटकोर पूजामा गाउँका मान्छेहरु जम्मा भइ सामूहिक गीत गाउँने क्रममा अचानक माइकबाट करेन्ट लाग्दा शनिबार एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका हुन्।

शनिबार साँझ करेन्ट लागेर नरेश राउतकी ३० वर्षीया बहिनी सम्घरिया देवीको मृत्यु भएको हो। करेन्ट लागेर घाइते भएकी महिलालाई उपचारको लागि सुकदेव चौकस्थित शिव दर्शन अस्पताल लगिए पनि उपचारकै क्रममा मृत्यु भएको हो।

घटनामा दुर्गा भगवती गाउँपालिका १ पिपराका महेन्द्र राउतकी ३५ वर्षीया पत्नी सीतादेवी राउत बरै, वर्ष ३५ की अनितादेवी राउत, वर्ष ६५ कीमन्तोरिया देवी, वर्ष ६५ की केवला देवी, वर्ष ५ की सुशीला देवी, वर्ष ७० कीमुनी राउत र वर्ष ७५ कीहिरिया देवी घाइते भएका छन्। 

घाइतेहरुको स्थानीय वागमती मेडिकलमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रकाशित: ४ वैशाख २०७९ ०२:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App