coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सुरक्षित हेलमेट लगाए मृत्यु जोखिम ४१ प्रतिशत कम

सुरक्षित हेलमेटको प्रयोग गरे नेपालमा ४१ प्रतिशत मृत्युको जोखिमबाट बचाउन सकिने विज्ञहरूले सुझाएका छन्।

मंगलबार नेपाल अटोमोबाइल एसोसिएसन (नासा नेपाल) र सञ्चारिका समूहको आयोजनामा सुरक्षित हेलमेटसम्बन्धी अन्तक्र्रियामा नासा नेपालका प्रमुख सल्लाहकार पत्रकारहरूलाई प्रशिक्षण दिँदै नारायण भट्टराईले यस्तो औंल्याएका हुन्। अध्ययनका अनुसार नेपालमा दुईपांगे्र सवारीसाधन मृत्युको मुख्य कारण भएको औल्याउँदै ४१ प्रतिशत मृत्युको जोखिम यी सवारीसाधन चालक पर्ने गरेको छ।

दुईपांगे्र सवारीसाधन मोटरसाइकल, स्कुटी र साइकल पर्छन्। मृत्युको जोखिममा हुनेमा २५ प्रतिशत मृत्यु र घाइते मोटरसाइकल चालक हुन्छन् भने १६ प्रतिशत मोटरसाइकलको पछि बस्नेहरू पर्छन्। एसियाली मुलुक नेपाल, चीन, पाकिस्तान, बंगलादेशलगायत देशमा सवारी मोटरसाइकल तथा साइकलको प्रयोग बढी हुने गरेको र यो सवारीसाधन सडकमा सबैभन्दा बढी जोखिममा हुने गरेको सल्लाहकार नारायण भट्टराईले जानकारी दिए।

पहिला पुरुषले मात्र प्रयोग गर्ने मोटरसाइकल पछिल्लो समय महिलाका लागि स्कुटी जीवनशैली बनिसकेको बेला स्कुटी दुर्घटना बढी हुने गरेको अध्ययनले औंल्याएका छन्। नेपालमा मोटरसाइकल दुर्घटनामा परेर भन्दा पनि ठोक्किएर बढी दुर्घटना हुने गरेको पाइएको भट्टराईले बताए। तथ्यांकअनुसार ९० प्रतिशत मोटरसाइकल ठोक्किएर मात्र दुर्घटना हुने गरेको छ।

उनका अनुसार दुर्घटना हुने क्रममा चालकको हेलमेट टाउकोबाट खसेको अवस्था बढी भेटिने, ठोक्किँदा मोटरसाइकलको पछि बस्ने मानिसको बढी मृत्यु हुने गरेको उनले बताए। पछाडि बस्नेले अनिवार्य रूपमा हेलमेट नलगाउने, चालकले समेत गुणस्तरीय हेलमेटको प्रयोग नगर्ने र राम्रोसँग हेलमेट नलगाउने भएका कारण दुर्घटनामा बढी क्षति हुने गरेको छ। ‘पछिल्लो समय बढी ठोक्किनेमा स्कुटी चालक महिला बढी परेका छन्,’ उनले भने। ‘जति पनि दुर्घटना छन्, सबै घटनामा लड्ने व्यक्तिको टाउकोमा हेलमेट हुँदैन, राम्रोसँग हेलमेट नलगाएका कारण ७० देखि ८२ प्रतिशतको मृत्यु हुन्छ,’ भट्टराईले भने।

अध्ययनले दुईपांग्रै दुर्घटनामा बढी मात्रामा घाँटी, टाउकोमा चोट लागेर मृत्यु हुने गरेको छ। दुईपांग्रे दुर्घटनाले बढी मात्रामा टाउको र घाँटीमा चोटपटक लाग्ने हुनाले उनीहरूमा गम्भीर घाइते भइ अपांगतासमेत बढी हुने गरेको छ।

नेपालमा ट्राफिकले हेलमेटको परिक्षण गर्ने मेसिन नहुनु, प्रहरीले हेलमेट प्रयोगको स्थिति नहेर्नु र ऐनमा पछि बस्ने व्यक्तिलाई हेलमेट अनिवार्य लगाउनुपर्ने व्यवस्थाको कमीले नेपिालमा सुरक्षित हेलमेटको प्रयोग हुन नसकेको भट्टराईले बताए। मंगलबार सुरक्षित हेलमेट प्रयोगको जनचेतना बढाउन नासाले महिला पत्रकारलाई ३० वटा सुरक्षित हेलमेट वितरण गरेको छ।

नेपाल, एफआइए र ग्लोबल एलायन्सजस्ता संघसंस्था राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रको सडक सुरक्षाको क्षेत्रमा सक्रिय भइरहेको नेपालमा सञ्चारकर्मीलाई सक्रिय गराउने उद्देश्यले सुरक्षित र खरिद गर्न सकिने हेलमेट अभियान सञ्चालन गरेको जनाएको छ। कार्यक्रममा भट्टराईले सुरक्षित सडकका लागि पछि बस्नेका लागि पनि हेलमेट अनिवार्य गर्न सुझाएका छन्। सुरक्षित हेलमेटको प्रयोग र पछि बस्नेले समेत हेलमेटको प्रयोग गर्ने कानुनी व्यवस्था गरेकाले सडक दुर्घटनाले मृत्युमा कमी आएको पाइएको छ।

प्रकाशित: २४ चैत्र २०७८ ०३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App