६ वैशाख २०८१ बिहीबार
समाज

म्यादी प्रहरीको परीक्षामा ढिलाइ

स्थानीय निर्वाचनका लागि खुला गरिएको म्यादी प्रहरी भर्ना प्रक्रियाअन्तर्गत बारामा लिने भनिएको म्यादी प्रहरीको लिखित परीक्षामा शनिबार ढिला गरी गरिएको छ।

कलैयामा रहेको सिद्धेश्वर क्रिकेट मैदानमा शनिबार बिहान ८ बजेदेखि सुरु गर्न भनिएको म्यादीहरूको लिखित परीक्षा दिउँसो ४ बजेसम्म पनि सुरु गरिएको थिएन। परीक्षामा ढिलाइ गरिएपछि बिहानै लिखित परीक्षा दिन जिल्ला सदरमुकाम कलैया आएका म्यादी प्रहरीका आकांक्षी भोकभोकै रहन बाध्य भएका छन्।

म्यादी प्रहरी भर्ना छनोट समितिका संयोजक रहेका बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईले परीक्षामा सहभागी हुन आएका म्यादी प्रहरीका लागि आवेदन दिएका भन्दा केही बाहिरका व्यक्तिहरूसमेत सहभागी भएको थाहा भएपछि परीक्षा सुरु गर्नमा समस्या भएको बताएका छन्। दरखास्त दिएका भन्दा बाहिरका व्यक्तिलाई निकालेर केही छिनमै लिखित परीक्षा सुरु गर्ने सेढाईले बताएका थिए।

म्यादी प्रहरीको भर्ना खुला गरिएपछि सुरुमा १३ हजार जति आदेवन दिएका र आवेदन दिएकामध्ये पहिलो चरणमा ६ हजार उत्तीर्ण भएको सेढाईले बताए। ६ हजारमध्ये पनि २८ सय सहभागीलाई छनोट गरिने उनले बताए। म्यादी भर्ना छनोट समितिमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापालगायत नेपाली सेना, सशस्त्र प्रहरी बलका प्रतिनिधि रहेका छन्।

प्रकाशित: २० चैत्र २०७८ ०३:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App