६ वैशाख २०८१ बिहीबार
समाज

पाथीभरा क्षेत्र विकास समितिको अध्यक्षमा रक्की थेबे नियुक्त

रिक्त पाथीभरा क्षेत्र विकास समितिको अध्यक्षमा सरकारले रक्की थेबेलाई नियुक्त गरेको छ। नेपाल कम्युष्टि पार्टी एकीकृत समाजवादी ताप्लेजुङ जिल्ला कमिटीका सहसचिव थेबेलाई सरकारले ४ वर्षका लागि नियुक्त गरेको हो। पुष्पबहादुर बरुवालको निधनपछि पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष पद रिक्त थियो।

कोरोना संक्रमणका कारण गत जेठ २४ गते अमेरिकाको न्युर्योकमा बरुवालको निधन भएपछि पाथीभरा क्षेत्र विकास समितिको नियुक्ति भएको थिएन। त्यसयता केपी शर्मा ओली नेतृत्वको सरकारको बर्हिगमन र शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि नेकपा एसका नेता प्रेम आले पर्यटनमन्त्री रहेका छन्। उनकै प्रस्तावमा थेबे पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष बन्न सफल भएको बताइन्छ।

प्रकाशित: ६ चैत्र २०७८ १४:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App