८ वैशाख २०८१ शनिबार
समाज

महिला हिंसाविरुद्ध पुरुषहरूको प्रतिबद्धता

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दर्जनौँ युवाहरूको एक समूहले मङ्गलबार र्‍याली निकाल्दै महिला तथा बालिकामाथि हुने हिंसाका विरद्ध प्रतिबद्धता व्यक्त गरेका छन्। एक दर्जनभन्दा बढी संस्थाहरूको आयोजनामा भएको पदयात्रा ललितपुरको मङ्गलबजारबाट सुरु भई गाबहाल, पुल्चोक हुँदै जावलाखेलमा आई कोणसभामा परिणत भएको थियो।

कोणसभामा बोल्दै युवा अभियान कर्मीहरूले पुरुषहरूले आफ्नो परिवार, समुदाय तथा कार्यस्थलमा रहेका महिलाहरू प्रतिको जिम्मेवारी महसुस नगरे सम्म लैङ्गिक समानता असम्भव रहेको बताए।  

पुरुषहरूका अतिरिक्त करिब सय महिलाहरूले पनि भेलामा ऐक्यबद्धता जनाएका थिए।  

समारोहमा महिला तथा बालिकाविरुद्धको हिंसा कम गर्नमा पुरुषको भूमिका विषयमा कविता वाचन लगायतका क्रियाकलाप पनि भएका थिए। कार्यक्रमको समन्वय गरेको संस्था युवालयका अध्यक्ष सन्तोष महर्जनले यो कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने बताए।  

युवालयले २०७० सालदेखि हरेक वर्ष महिला श्रमिक दिवसका दिन यस्ता किसिमका कार्यक्रमहरु गर्दै आइरहेको छ।

प्रकाशित: २४ फाल्गुन २०७८ १५:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App