१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

भक्तपुरको खेल मैदानबाट राष्ट्रिय झण्डा चोरी

भक्तपुरको महेश्वरी खेल मैदानबाट सोमबार राति राष्ट्रिय झण्डाहरु चोरी भएका छन्। भक्तपुर कप २०७८ फुटबल प्रतियोगिता चलिराखेको उक्त स्थानमा सोमबार साँंझसम्म रहेका झण्डै दुई दर्जन ठूला-ठूला राष्ट्रिय झण्डाहरु मंगलबार बिहानसम्म हराएका हुन्।

प्रतियोगिता स्थललाई आकर्षक बनाउनुका साथै राष्ट्रिय भावना अभिप्ररित गर्न आयोजक भक्तपुर युवा टिम भक्तपुरले मैदानमा २० वटा झण्डाहरु राखेका थिए। अहिले मञ्चमा राखिएका दुई वटा झण्डाहरु मात्रै बाँंकी छन्। मैदानको चारैतिरको बारमा डोरीले बाँंधेर राखेका १८ वटा झण्डाहरु चोरी भएका हुन्।

झण्डाका साथै विभिन्न खेलकुद प्रतियोगिताका लागि राखिएका अन्य सामानहरु पनि चोरी भएको आयोजकले जनाएको छ। आयोजक भक्तपुर युवा टिम भक्तपुरका सदस्य सुरेश कवांले प्रतियोगिता स्थललाई सभ्य-भव्य देखाउनुका साथै राष्ट्रिय भावना अभिप्ररित गर्न राखिएका नेपालका झण्डाहरु चोरी भएको जानकारी दिंदै घटनाप्रति दुःख व्यक्त गरे।

यो वदनियत जसले गरे पनि त्यस्ता गलत प्रवृति भएका मानिसहरुमाथि कारबाही हुनुपर्ने माग उनले राखे। उनले त्यसका लागि प्रहरी प्रशाशनको ध्यान आकर्षित गराए। भक्तपुर नगरपालिका वडा नं ७ महेश्वरीस्थित महेश्वरी खेल मैदानमा फागुन ६ गतेदेखि भक्तपुर कप फुटवल प्रतियोगिता भइराखेको छ। प्रतियोगिता अन्तर्गत आज मंगलबारदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुँंदैछन्। प्रतियोगिताको फाइनल फागुन १४ गते हुने आयोजकले जनाएको छ।

प्रकाशित: १० फाल्गुन २०७८ ०६:३६ मंगलबार