८ वैशाख २०८१ शनिबार
समाज

वडा कार्यालय भवन उद्घाटन

धनगढी उप–महानगरपालिका वडा नम्बर ५ को वडा कार्यालय भवनको बिहीबार उद्घाटन गरिएको छ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले भवनको उद्घाटन गरेका हुन्। नगरप्रमुख नृपबहादुर वडले १९ वटा वडा कार्यालयहरु मध्य अधिकांस वडाको भवन निर्माण सम्पन्न भइसकेको बताए। ‘वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन सक्दैन,’ नगरप्रमुख वडले भने, ‘त्यसैले पूर्वाधार निर्माण प्राथमिकतामा पारेका हौं।’  

नगर उप–प्रमुख सुशीला मिश्र भट्टले नगरका वडा कार्यालय भवनहरु निर्माण गर्न पाउँदा खुसी लागेको बताइन्। उनले भनिन्,‘व्यवस्थित वडा कार्यालय भवनहरु निर्माण भएका छन्, यसले कर्मचारी र सेवाग्राही सबैलाई सहज भएको छ।’ वडा नम्बर ५ का वडा अध्यक्ष हीरासिंह पातलीले वडा कार्यालय भवन निर्माणका लागि सहयोग र समन्वय गर्ने सबैलाई धन्यवाद दिए।

प्रकाशित: १३ माघ २०७८ १२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App