coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

घाँस काट्दै गर्दा लडेर महिलाको निधन

उदयपुरको ताप्ली गाउँपालिकाकी एक महिलाको घाँस काट्ने क्रममा बुधबार लडेर ज्यान गएको छ। घरछेउकै जंगलमा घाँस काट्न गएकी ताप्ली गाउँपालिका ३ का रत्नबहादुर तामाङकी श्रीमती ५० वर्षीया लक्ष्मीमाया तामाङको लडेर निधन भएको हो।  

बाख्रालाई घाँस काट्न भनेर गएकी तामाङ घरनजिकै बगले भीरमा घाँस काट्दा काट्दै अचानक लड्दा बेहोस भएकोमा तत्काल निधन भएको स्थानीयलाई उद्धृत गर्र्दै प्रहरीले जनाएको छ। लडेर खोल्सामा पुगेकी उनको शव आफन्तले फेला पारी घरमा ल्याई राखेको खवर आए अनुसार प्रहरी चौकी रामपुर झिल्केबाट टोली खटेर घट्नाास्थल सुरक्षित राखिएको छ।  

घट्नाबारे विस्तृत जानकारी लिन सदरमुकामदेखि प्रहरी निरीक्षक नेतृत्वमा र इलाका प्रहरी कार्यालय कटारीबाट समेत छुट्टै टोली घट्नास्थल पठाइएको छ। प्रहरीको संयुक्त टोलीले थप अनुसन्धान सुरु गरेको छ भने मृतकको शव व्यवस्थापनका लागि आवश्यक कानुनी प्रक्रिया चलिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रकाशित: १२ माघ २०७८ ११:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App