८ वैशाख २०८१ शनिबार
समाज

देवदहमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा महिला र बालिकाको शव फेला

रुपन्देहीको देवदह स्थित जंगलमा हत्या गरी फालेको अवस्थामा बालिकासहित एक जना महिलाको शव फेला परेको छ। मंगलबार देवदह नगरपालिका ९  स्थित घोडाहाको जंगलमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा बालिका र एक जना महिलाको शव फेला परेको हो।

पूर्वपश्चिम राजमार्गबाट करिब २५ मिटर भित्र जंगलमा महिला र बालिकाको शव स्थानीयले देखेपछि मंगलबार बिहान ११ बजेतिर प्रहरीलाई खबर गरेका थिए। शव फेला परेको स्थानमा तरकारी काट्ने चक्कु फेला परेको र घटना स्थल रगताम्मे रहेको प्रहरीले जनाएको छ। करिब १२/१३ घण्टा अगाडि चक्कुले घाँटी रेटी हत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

हत्या गरिएकी बालिका र महिला आमा छोरी हुन सक्ने प्रहरीले जनाएको छ। मधेसी मुलको जस्तो देखिने महिला अन्दाजी ३२/३५ वर्षको र बालिका ६/७ वर्षको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। घटना स्थल र शवको प्रकृतिले दुवै जनाको हत्या भएको देखिएको इलाका प्रहरी कर्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठकबहादुर केसीले बताए। दुवै जनाको घाँटीमा चक्कुले रेटेर हत्या गरेको देखिएको डिएसपि केसीले बताए। हत्या गरिएका

दुवै जनाको सनाखत भने हुन सकेको छैन। शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्सपताल बुटवल ल्याइएको छ। थप अनुसन्धान अगाडि बढाइएका छ भने शवको सनाखत र अपराधी छिट्टै पत्ता लगाउने प्रहरीले जनाएको छ।

प्रकाशित: ११ माघ २०७८ १२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App