coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नागरिक अगुवाको गुनासो

अन्तरसम्बाद कार्यक्रम। तस्बिर: दिनेश/नागरिक

रोल्पाका अधिकारकर्मी तथा पत्रकारहरुले जिल्लामा व्यापक समस्या रहेको गुनासो गरेका छन्। जिल्लाका वर्तमान सवाल र नागरिक समाजको भुमिका विषयक अन्तरसंवाद कार्यक्रममा उपस्थित उनीहरुले सुसासनमा पनि रोल्पा चुकेको बताएका हुन्। स्वास्थ्य, शिक्षा, कृषी, सुसासन लगायतका सवालमा ध्यान दिन नसकेको प्रति उनीहरुको गुनासो बढि छ।

जिल्ला अस्पतालमा दरबन्दी अनुसार चिकित्सक नभएको, निशुल्क स्वास्थ्य बिमा गरेकाहरुले औषधि नपाएको, शिक्षाको स्तर खस्कीदै गएको, कृषिका कार्यक्रमहरु कार्यकर्तामुखि भएको, स्थानीय तहहरुले सुसासन कायम गर्न नसकेको कार्यक्रममा सहभागीले बताएका थिए।

मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्रको आयोजनामा उक्त कार्यक्रममा अध्यक्ष सुनिता बिएम, पत्रकार महासंघका अध्यक्ष नबिन लोचन मगर, पूर्व अध्यक्ष काशिराम डागि, महेश न्यौपाने, नागरिक अगुवा घनस्याम आचार्य लगायत दर्जन बढिको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममै पत्रकार महासंघका अध्यक्ष नबिन लोचन मगरको संयोजकत्वमा हेड नेटबर्किङ नागरिक समाज संजाल पनि गठन गरिएको छ।

प्रकाशित: ११ माघ २०७८ १०:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App