७ वैशाख २०८१ शुक्रबार
समाज

विद्यार्थीलाई न्यानो कपडा वितरण

विराटनगरको लायन्स क्लब युनिक तथा लियो क्लबले झापा बुद्धशान्तिको एक विद्यालयका विद्यार्थीलाई न्यानो कपडाका साथ खेल सामग्री वितरण गरेको छ। झापा बुद्धशान्ति–६ स्थित शान्ति आदर्श माध्यमिक विद्यालयका विद्यार्थी र खेलाडीलाई एक कार्यक्रमकाबीच न्यानो कपडा र खेलकुदका सामग्री प्रदान गरिएको हो। 

विद्यालयका पूर्व विद्यार्थी तथा लायन चेतन निरौलाले संयोजन गरिएको उक्त कार्यक्रममा विद्यालयको बाल विकासदेखि कक्षा–५ सम्मका विद्यार्थी तथा स्थानीय खेलाडीलाई न्यानो कपडा तथा खेल सामग्री वितरण गरिएको थियो।  

कार्यक्रममा वितरण गरिएका न्यानो कपडा तथा खेल सामग्री लायन दीलिप सिंहले उपलब्ध गराएका थिए। सो अवसरमा पूर्व विद्यार्थी निरौलाले अक्षय कोष सञ्चालनका लागि १ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे।  

कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष सञ्जय साहले गरेका थिए भने प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार पौडेल, वडाध्यक्ष शम्भु पौडेल, लायन्स डिस्ट्रिक्ट गभर्नर एड्भाइजर विनोदकुमार राउतलगायतले शुभकामना दिए।

प्रकाशित: ११ माघ २०७८ ०८:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App