७ वैशाख २०८१ शुक्रबार
समाज

बालुवा खानीमा च्यापिएर दुई जनाको मृत्यु

बालुवा खानीमा च्यापिएर डिलासैनी गाउँपालिका–२ का दुई महिलाको मृत्यु भएको छ। घटना शुक्रबार साँझतिरको भए पनि आइबार मात्रै बाहिर आएको हो।  

सिँचाई योजनाका लागि बालुवा निकाल्दै गर्दा स्थानीय तारा लुहार र माया लुहारको मृत्यु भएको नेपाली कांग्रेसका क्षेत्रीय सचिव रिकेशबहादुर बोहराले बताए। सिँचाई योजनाका लागि बालुवा निकाल्ने क्रममा माथिबाट खानी धसेर उनीहरु च्यापिएको र घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए।

यो घटनाबारे प्रहरीलाई भने जानकारी नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए। एकै गाउँका दुई महिलाको मृत्यु भएपछि अहिले गाउँनै शोकमग्न भएको स्थानीयले बताएका छन्। 

प्रकाशित: ९ माघ २०७८ १०:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App