सामान्य विवादमा शुक्रबार राति सुनसरी भोक्राहा नरसिंह गाउँपालिका वडा नं. १ मा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।
भोक्राहा नरसिंह गाउँपालिका वडा नं. १ की ३० वर्षे चन्द्रकला उराँवको हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। चन्द्रकलाका ३२ वर्षे श्रीमान लालुप्रसाद उराँवले तरबार प्रयोग गरी हत्या गरेको प्रहरीले जनायो।
प्रहरी निरीक्षक जयदेव माझीका अनुसार सामान्य विवादमै लालुप्रसादले चन्द्रकलाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अरु बेला पनि चन्द्रकला र लालुप्रसादबीच विवाद हुने गर्थ्यो। शुक्रबार राति नौं बजेतिर विवाद भएको स्थानीय गाउँलेले बताएका छन्। विवाद भएको केही समयपछि हत्या भएको प्रहरी निरीक्षक माझीले बताए।
लालुप्रसाद स्थानीय आधारभूत स्वास्थ्य केन्द्रमा कार्यालय सहयोगीको रुपमा कार्यरत छन्। प्रहरीले लालुप्रसादलाई पक्राउ गरीसकेको छ। चन्द्रकला र लालुप्रसादका १३ वर्ष मुनीका तीन जना छोराछोरी छन्। चन्द्रकलाको हत्यापछि छोरीछोरीको विचल्ली भएको छ।
प्रकाशित: ८ माघ २०७८ ११:१२ शनिबार