coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

म्याग्दीका पत्रकार शर्माकी छोरीको उपचारमा थप आर्थिक अभाव

बेनी नगरपालीका–२, बगरफाँट निवासी बिनिता शर्माको उपचारका आर्थिक अभाव भएको छ। आन्द्राको क्यान्सर रोगबाट ग्रसित बनेपछि बिनिताको विगत ८ महिनादेखि भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको अवस्थामा उपचार लम्बिएपछि आर्थिक अभाव भएको हो। साढे दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय नेपाल प्रेस युनियन म्याग्दीका पूर्व अध्यक्ष समेत रहेका पत्रकार धु्रबसागर शर्माले छोरी बिनिताको उपचारमा परिवारबाट मात्रै सम्भव नभएकाले सहयोगको अपिल गरेका छन्।  

‘उपचारको समय धेरै लाग्ने र खर्च पनि बढी लागेको छ, यस अगाडि प्राप्त सबै सहयोग उपचारमै सकियो’, शर्माले भने। हालसम्म ९ वटा किमो, २५ पटक थेरापी र एउटा अप्रेशनसहित औषधि र अन्य खर्च गरी स्वदेश तथा विदेशमा रहेका बगरफाँटवासीसहितको अभियानमा संकलन भएको रकमसहित १६ लाख खर्च भएको छ।  

मुख्य अप्रेशन गर्न र थेरापी लगायतका उपचार बाँकी रहेकाले अझै १० देखि १२ लाख रुपैयाँसम्म उपचारमा खर्च लाग्ने पत्रकार शर्माले बताए। ‘घरमा मेरो कमाईले मात्रै खर्च चल्छ, मेरो एकल कमाईले छोरीको थप उपचार सम्भव नभएपछि सहयोगको अपिल गरेको छु’, पत्रकार शर्माले भने। उनले अब थप उपचार कसरी गर्ने होला भनेर मन पोल्ने गरेको बताए। ‘कोरोना भाइरसको संक्रमण घटेमा भारतसम्म पुगेर उपचार गर्नुपर्ने छ’, शर्माले भाबुक हुँदै भने।

पत्रकारिता र शिक्षण पेशामा कार्यरत शर्माको घरायसी खर्च, छोराछोरीलाई शिक्षादीक्षामै खर्च हुने गरेको छ। पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बिमको किसानी माविमा जेटिए अध्ययन गर्दै आएकी २० वर्षीया बिनितालाई स्वास्थ्यमा समस्या देखिएपछि बेनी अस्पताल र पोखरामा चेकजाँचपछि डक्टरको रिपोर्ट अनुसार क्यान्सर रोग लागेको थाहा भएको थियो।

त्यसपश्चात् उपचारका लागि भरतपुर क्यान्सर अस्पताल लगिएको थियो। पीडित शर्माको पहिलो चरणको अभियानमा संकलन आर्थिक सकिएपछि अब दोस्रो चरणको अभियान सुरु भएकाले आर्थिक सहयोग अभियानमा साथ दिन अपिल गरिएको छ। सहयोग गर्न चाहने इच्छुक व्यक्तिले पत्रकार शर्माको राष्ट्रिय वाणिज्य बैंकको बेनी शाखामा रहेको खातामा सिधै जम्मा गर्न सकिन्छ।

खातावालाको नामः धुब्रप्रसाद शर्मा

राष्ट्रिय वाणिज्य बैंक खाता नं ३३४०१००००५२२८०१० मा सिधै जम्मा गर्न सक्ने छन्।

प्रकाशित: ८ माघ २०७८ ११:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App