coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नेपालगन्जका लागि उडेकाे जहाजभित्र महिला बेहोस

मौसममा खराबी हुँदा बुद्ध एयरको जहाजले समयमै ल्याण्डिङ गर्न नसक्दा एकजना यात्रु जहाजभित्रै बेहोस भइन्। काठमाडौं–नेपालगन्जका लागि उडान भरेको उक्त जहाजले मौसमका कारण आधा घण्टा ढिलो गरी ल्याण्ड गरेको थियो।

सुर्खेतकी एक महिला जहाजभित्रै बेहोस भएकी बुद्ध एयर नेपालगन्जले जनाएको छ। ‘उक्त उडान बिहीबार बिहान ६ः४० बढ्नु पर्ने हो,’ बुद्ध एयर नेपालगन्जका प्रमुख विनिस शाहले भने, ‘मौसममा बदली हुँदा काठमाडौंबाटै ७ः४४ उड्याे। नेपालगन्ज विमानस्थलमा पनि कम भिजिविलिटी थियो। अवतरण हुन सकेन।’

उनले अगाडि भने, ‘समयमै अवतरण नहुँदा ति महिलाले जहाज बाहिरबाट बाक्लो कुहिरो देख्नुभयो। बिहान खाना पनि खानु भएको रहेनछ, त्यही अवस्थामा उहाँ बेहोस हुनुभयो।’ अवतरणपछि तत्कालै उनलाई नेपाली सेनाको अस्पतालमा लिएर उपचार गरिएको उनले बताए।

उनका अनुसार बेहोस भएकी ति महिला उपचारपछि डिस्चार्ज भइसकेकी छिन्। बुद्ध एयर नेपालगन्जका अनुसार ८ः४४ मा अवतरण हुनुपर्ने जहाज करिब ३२ देखि ३५ मिनेटपछि सकुसल अवतरण भएको थियो। अवतरण गर्न भिजिविलिटी नपुग्दा जहाजले आकासमै फन्को मारेको थियो।

प्रकाशित: ६ माघ २०७८ १३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App