७ वैशाख २०८१ शुक्रबार
समाज

मास्क नलगाए कारबाही

ट्राफिक प्रहरीद्वारा नागरिक सचेतना अभियान सुरु

फाइल तस्बिर

महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना महामारीलाई मध्यनजर गर्दै नागरिक सचेतना अभियान सुरु गरेको छ।

बिहीबार कोरोनाको जटिलतालाई मध्यनजर गर्दै महाशाखाले काठमाडौंको आरएनएसीबाट कोरोनाबाट बच्नका लागि आम नागरिकहरुलाई मास्क लगाउन अनुरोध गर्दै नागरिक सचेतना अभियान सुरु गरेको हो। महाशाखाले सवारीसाधनमा मास्क अनिवार्य लगाउन आग्रह गरिएको पर्चा तथा पम्प्लेटहरु समेत टाँसेको छ भने सवारीसाधन चालक र सहचालक तथा यात्रुहरुलाई सवारीसाधनमा चढ्दा अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले कोरोना महामारी बढीरहेकोले आम नागरिकहरुलाई सचेत गराउनका लागि यो अभियान सुरु गरेको बताए। उनले सवारीसााधनमा टाँसेको पर्चा र पम्प्लेटले पनि नागरिकहरुलाई मास्क लगाउनु पर्छ भन्ने ज्ञान हुने बताए।

प्रहरी वरिष्ठ उपरिक्षक जोशीले भने, ‘यो सेनिटाइज गर्ने काम हो। अहिले कोरोनाको बिगबिगी बढीरहेको छ। मान्छेलाई थाहा हुन्छ तर त्यो कुरा भनिएन भने मान्छे सजग हुँदैन। मास्कको महत्व थाहा हुन्छ। सचेतना बढाउने प्रयत्न हो यो।’

त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले मास्क नलगाइ हिँड्ने मानिसहरुलाई मास्क लगाएर हिँड्नका लागि सचेतना अभियान सुरु गरेको बताए। उनले ट्राफिक प्रहरी र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, कर्मचारी, मजदुर संघहरुले कोरोनाबाट बच्नका लागि मास्क अनिवार्य लगाउनका लागि सचेत गराइएको बताए। उनले यो अभियान देशभर नै सञ्चालन हुने पनि बताए।

महासचिव सिटौलाले भने,‘हिजोको दिनको अवस्थालाई बुझेर ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, कर्मचारी, मजदुर संघहरुले यो अभियान ल्याएका हौँ। मास्क नलगाइ हिँडेकोले मास्क अनिवार्य लगाउँ भनेर सचेतना अभियान सञ्चालन गरेका हौँ। काठमाडौंबाट दिइएको सन्देश देशभर नै जाओस्। मास्क हाम्रो लागि हो, सबैले लगाइदिनुहोला।’

महासचिव सिटौलाले सवारीसाधन चढ्ने यात्रु, सवारी चालक र सहचालकहरुले मास्क नलगाएको पाइएमा कानूनअनुसार कारबाही हुने पनि बताए।

प्रकाशित: ६ माघ २०७८ ०८:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App