coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

ताप्लेजुङमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

कूल मुद्दाको ३६ प्रतिशत बढी सम्वन्ध विच्छेदका

ताप्लेजुङ जिल्ला अदालतमा चालू अवस्थामा रहेका मुद्दामध्ये ३६ प्रतिशत बढी मुद्दा सम्बन्ध विच्छेदका रहेको पाइएको छ। कूल देवानी मुद्दा मध्ये सम्बन्ध विच्छेदका मुद्दा ५२ प्रतिशत बढी रहेका छन्।  

जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीका अनुसार ताप्लेजुङ जिल्ला अदालतमा पुस मसान्तसम्ममा कूल ३ सय २६ थान मुद्दा रहेका छन्। अदालतमा अहिले चालू आर्थिक वर्ष २०७८/०७९ मा दर्ता भएका १ सय ८७ र अघिल्लो आवबाट जिम्मेवारी सरी आएका १ सय ३९ थान मुद्दा छन्। कूल मध्ये १ सय १८ थान मुद्दा सम्बन्ध विच्छेदका रहेको जिल्ला अदालतले जनाएको छ। कूल मुद्दा मध्ये २ सय २६ थान देवानी मुद्दा रहेका छन्। यि मध्ये ५२.२१ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका रहेको श्रेष्तेदार रेग्मीले जानकारी दिए।

यस्तै ६७ थान सरकारवादी मुद्दा मध्ये २८ थान भने जबरजस्ती करणीका रहेको अदालतले जानकारी दिएको छ। जिल्ला न्यायाधीश प्रकाश राउत ताप्लेजुङ जिल्ला अदालतमा पछिल्लो समय सम्बन्ध विच्छेदका मुद्दामा अचाक्ली वृद्धि भएको बताउँछन्। देशैभर सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दामा वृद्धि भएपनि ताप्लेजुङमा यो प्रकृतिका मुद्दाको दर मोटो परिमाणले बढेको देखिएको उनले बताए। अदालतले यो अवधिमा १ सय ७७ थान अर्थात् ५४ प्रतिशत बढी मुद्दा फर्छ्यौट गरेको छ। १ सय ४९ थान मुद्दा प्रकृयामा रहेको अदालतले जनाएको छ।

अदालतले ६ महिना भित्रका ९७ थान, ६ महिना देखि १ वर्षभित्रका ५५ थान, १ वर्षदेखि १८ महिनाभित्रका १९ थान र १८ महिनादेखि २ वर्षभित्रका ६ थान मुद्दा फर्छ्यौट गरेको जनाएको छ। पुस महिनामा मात्रै अदालतले ३० थान मुद्दा फर्छ्यौट गरेको थियो।

प्रकाशित: ५ माघ २०७८ ११:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App