१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बसबाट ओर्लने क्रममा किचेर एक यात्रुको निधन

उदयपुरमा यात्रुबाहक बसले किचेर एक यात्रुको ज्यान गएको छ। उदयपुरगढीबाट गाईघाट आउँदै गरेको ना ३ ख ७९४४ नं. को बसबाट विहान ९ बजे झर्ने क्रममा पछाडिको चक्काले किच्दा ५० वर्षीय कृष्णबहादुर राईको निधन भएको हो।  

मृतक राई उदयपुरगढी गाउँपालिका ५ कै भएको प्रहरीले जनाएको छ। गाडीबाट झर्ने क्रममा लडेका उनलाई चालकले नहेरी बस अघि बढाउँदा किचेको प्रत्येक्षदर्शीहरुले बताएका छन्। प्रहरी चौकी उदयपुगढीबाट गएको गएको टोलीले घट्नास्थल सुरक्षा गरेर राखेको छ भने मृतकको शव पोष्टमार्टमका लागि अस्पतटाल पठाउने तयारी भईरहेको छ।  

घट्नाबारे विस्तृत बुझ्न जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर कमाण्डको टोली पनि घट्नास्थल पुगेको छ। गाडी चालक रौतामाई गाउँपालिका ७ का ४० वर्षीय राजनकुमार राउतलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताएका छन्।

प्रकाशित: ४ माघ २०७८ ०७:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App