coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नक्कली मोबिल बनाएर बेच्ने दुईजना प्रहरी नियन्त्रणमा

रौतहट प्रहरीले दुई जनालाई नक्कली मोबिल बनाएर बेच्ने गरेको आरोपमा नियन्त्रणमा लिएको छ। रौतहट सदरमुकाम गौर नगरपालिका ५ बरहवा पुलनजिकको पसलमा नक्कली मोबिल बनाएर बेच्ने गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा राजदेवी नगरपालिका ९ का २८ वर्षीय राणारौशन सिंह र ४२ वर्षीय हरेन्द्रकुमार सिंह रहेका छन्। दुवै जनाले जय शिवशक्ति अटोमोबाइल पसल संचालन गरी विभिन्न कम्पनीको लोगो लगाएर नक्कली मोबिल बिक्री गर्दै आइरहेका थिए।

प्रहरीले उनीहरुको पसल र गोदामबाट ३ हजार बट्टा मोबिल, दुई सय लिटरका दुई ड्रम खुल्ला मोबिल र ९ ओटा खाली ड्रम बरामद गरेको छ। पक्राउ परेका दुवै जनाले पसल नजिकैको गोदाममा विभिन्न कम्पनीको लोगाे प्रयोग गरेर नक्कली मोबिल बनाउँदै आएको सूचना प्रहरीले प्राप्त गरेको थियो।

बाहिरबाट विभिन्न कम्पनीका मोबिल र मोटरसाइकल पार्टहरु ल्याएर अवैध रुपमा भन्डारण गरेको तथा कालो बजारी गर्ने गरेका दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित: ४ माघ २०७८ ०४:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App