coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बोलेरो दुर्घटनामा एकको निधन, बालकसहित ५ घाइते

सोमबार उदयपुरमा भएको बोलेरो दुर्घटनामा परी एकजनाको निधन भएको छ भने ५ जना घाइते भएका छन्। कटारी बजारबाट मरुवातर्फ जाँदै गरेकोे बा १० च ४१८८ नम्बरको बोलेरो कटारी नगरपालिका ८ विहान बिबिजुलेस्थित सिद्धिचरण लोकमार्गमा दुर्घटना हुँदा कटारी ८ पाखाटोलका ३८ वर्षीय विक्रम रानामगरको निधन भएको हो।  

साँझ ५ बजे आफै अनियन्त्रित भई दुर्घटना हुँदा बोलेरोमा सवार मगरसहित ६ जना घाइते भएका थिए। इलाका प्रहरी कार्यालयबाट खटेको टोलीले तत्काल उद्धार गरी कटारी अस्पतालमा उपचार गर्न ल्याएकोमा उपचारकै क्रममा मगरको निधन भएको हो। दुर्घटनामा परी चालकबाहेक सबै यात्रु घाइते भएका छन्।  

घाइते हुनेमा कटारी ८ पट्नाभज्याङका दुर्गाबहादुर जर्घामगरकी श्रीमती ३० वर्षीया दिलमाया मगर, सोही ठाउँका ताराराज खड्काका १७ वर्षीय छोरा मनोज खड्का, सोही वडा घुम्ती बस्ने दिपक श्रेष्ठका ७ वर्षीय छोरा दिवश, चक्रबहादुर श्रेष्ठकी श्रीमति ४८ वर्षीया बुद्धमाया र ३६ वर्षीया बेदकुमारी थापामगर घाइते भएको इप्रका कटारीका प्रमु्ख डिएसपी मानबहादुर राईले बताए।  

उनका अनुसार दिलमायाको देब्रे खुट्टामा चोट लागेको छ भने खड्काको देब्रे घुँडामा चोट लागेको छ। त्यस्तै दिवशको दाहिने हात र टाउकोमा चोट लाग्दा बुद्धमायाको घाँटीमा र बेदकुमारीको देब्रे हातमा चोट लागेको छ। घाइते सबैको उपचार कटारी अस्पतालमा भईरहेको र अवस्था सामान्य रहेको छ।  

दुर्घटनालगत्तै फरार भएका चालक कटारी नगरपालिका ८ का २६ वर्षीय प्रेमबहादुर श्रेष्ठको खोजी भईरहेको छ। बोलेरो प्रहरी नियन्त्रणमा राखेर थप अनुसन्धान भईरहेको डिएसपी राईले बताए।

प्रकाशित: ३ माघ २०७८ १३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App