प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरधाम बहुमतले पारित भएको छ। सोमबार भएको मतदानमा प्रदेश सभामा उपस्थित कुल ९९ प्रदेशसभा सदस्यमध्ये ७८ जनाले जनकपुरधाम प्रस्तावको पक्षमा मतदान गरेका छन्। यसअघि मतदान हुँदा राजधानी र नामांकनको प्रस्ताव असफल भएको थियो।
प्रदेश सभामा १०४ जना सांसद छन्। प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिले स्थायी राजधानीका लागि शुरुमा ६ वटा प्रस्ताव ल्याएको थियो। पछि त्यसलाई परिमार्जन गरी तीनवटा बनाएको थियो। जसमध्ये जनकपुरधाम दुई तिहाइ बहुमतले पारित भएको हो।
अब प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरधामको भई उत्तरमा ढलकेवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सीमाना कायम हुनेछ।
प्रकाशित: ३ माघ २०७८ १०:१४ सोमबार