१६ चैत्र २०८० शुक्रबार
समाज

विद्यार्थीको आठ सय अमेरिकी डलर हिमालयन एअरलाइन्सबाट गायब

भनिन्छ एयरपोर्ट सुरक्षित स्थान हो। यात्रुहरुले आफ्नो सामानहरु लगेजमा ढुक्ककासाथ राखेर देश विदेशको यात्रा गर्छन्। तर यही एयरपोर्टका एअरलाइन्सहरुमा लगेजबाटै रुपैयाँ, सामान तथा ज्यादै महत्वपूर्ण कागजातहरु गायब हुन थालेपछि एयरपोर्टको सुरक्षामाथिनै सवाल उठेको छ।  

११ जनवरीका दिन नेपालबाट हिमालयन एअरलाइन्सको जहाज नम्बर एच९—६७८बाट बंगलादेशतर्फ उडान भरेकी नित्या कार्की जब ढाका एयरपोर्ट पुगिन् उनको लगेजको अवस्था सामान्य थिएन। उनको कालो ब्यागको लक तोडेर कपडाको बीचमा खाममा राखेको ८ सय डलर ग्याब थियो। नित्या लगेज लिनसाथ ढाका एयरपोर्टको सूचना अधिकारीलाई सबै घटनाको विवरण दिइन्। सूचना अधिकारीले पनि तुरुन्तै एक्सन लिए र ढाका एयरपोर्टका सिसिटिभि क्यामराको सबै फुटेजहरु देखाइन्।  

‘मैले ढाका एयरपोर्टमै सूचना अधिकारीसाथ बसेर सबै फुटेज हेरे त्यहाँ कतै केही भएको देखिएन,’ नित्याले नागरिकसँग भनिन्, ‘मैले नेपालमा रहेका बंगालदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुका संयोजक दाजु नविन यादबलाई नेपालको एयरपोर्टमा गएर बुझन् आग्रह गरे।’ उनले थपिन्, ‘मसँग बंगलादेश आउने हाम्रै नेपाली साथीहरुको पनि खानेकुरा, फोन चार्जर समेत ब्यागको ताल्चा भाचेर नेपालकै एयरपोर्टबाट झिकिएको रहेछ। हामी मेडिकलका विद्यार्थी अध्ययन गर्न बंगालदेश आयौं। तर हामीसँग भएकै मुख्य डलरनै हराएपछि यता बिचल्ली भयो।’ उनले साथीभाइसँग सापट लिएर काम चलाइरहेको समेत गुनासो गरिन्।  

विद्यार्थी संयोजक नविन यादबले आफू एयरपोर्टमा गएर बुझ्दा एउटा सिसिटिभि क्यामरा समेत व्यवस्थित नरहेको प्रतिक्रिय दिए।

‘पर्यटन मन्त्रीको पिय सरसँग कुरा भएको छ। वाहाले पनि छानविन गर्नुभयो तर खासै निष्कर्ष आएन,’ संयोजक यादबले नागरिकसँग  भने, ‘हाम्रो एयरपोर्टमा एउटा सिसिटिभि क्यामरा समेत सध्य रहेनछ। नित्याको ब्यागको ताला फोडेर खामभित्रबाट सय डलर ग्याब छ। सिसिटिभि फुटेजनै स्पष्ट देखिँदैन। कस्तो कमजोर सुरक्षा रहेछ एयरपोर्टमा’, उनले थपे, ‘विद्यार्थी मात्र होइन थुप्रै यात्रुहरुको महत्वपूर्ण सामानहरु ग्याब भइरहेको बुझिन्छ। एयरपोर्टले कडा सुरक्षा अपनाउनु पर्ने देखिन्छ। कमजोर सुरक्षाको कारण ठूला अपराधका घटना समेत घट्न सक्ने देखिन्छ।’

नित्याले हिमालय एअरलाइन्सलाई समेत घटनाबारे लिखित उजुरी दिएकी छिन्।

प्रकाशित: ३ माघ २०७८ ०८:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App