१५ चैत्र २०८० बिहीबार
समाज

निस्सासिएर आमासहित चार छोराको मृत्यु

मृतक चार मध्ये तीन जना।

वीरेन्द्रनगर–१० को बुदबुदीमा राति कोइला बालेर सुतेका चार जना मृत फेला परेका छन्। प्रहरीका अनुसार शुक्रबार राति साढे नौ बजेतिर कोइला बालेर कोठामा सुतिरहेका आमासहित तीन जना बालकको मृत्यु भएको हो। प्रहरीले शनिबार राति साढे सात बजेमात्रै घटनाबारे जानकारी पाएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पदबहादुर विष्टले घरको कोठाको खाटमुनि कोइला बालेर सुतेका एक आमासहित चार जना मृत फेला परेको जानकारी दिए। उनका अनुसार ३५ वर्षीया कल्पा बुढा (बिसी), ९ वर्षीय छोरा निरज बुढा, आठ वर्षीय छोरा चिरञ्जीवी बुढा र पाँच वर्षीय सोमराज बुढाको मृत्यु भएको हो। कल्पाका श्रीमान कृष्णबहादुर विसी जाजरकोटको शिवालय गाउँपालिकामा कार्यरत छन्। मृतक सोमराज कृष्णका दाईका छोरा हुन्। उनी आएपछि मात्रै घटनास्थल मुचुल्का गर्ने प्रहरी जनाएको छ।  

घरका कल्पनाका ससुरा पनि थिए। उनी शनिबार विहानै बृद्धाश्रम गएका थिए। बेलुका छ बजेतिर फर्केर आउँदा बुहारी र नातिहरुलाई नदेखेपछि उनी बुहारी र नातिहरु सुतिराखेको कोठामा गएका थिए। ढोका लगाएको भित्रबाट आवाज नआएपछि उनले प्रहरीलाई खवर गरेका थिए। प्रहरी साढे सात बजेतिर घटनास्थल पुगेको थियो। जनप्रतिनिधि र स्थानीयको रोहवरमा प्रहरीले घरको ढोका फोडेको थियो। ‘खाटमुनि कोइला बालेको देखियो, मृतक चारै जनाको मुखमा फिज देखिन्छ,’ घटनास्थल पुगेका प्रहरी निरीक्षक कनक शाहीले भने, ‘श्रीमान जिल्ला बाहिर भएकाले मृतकको शव नउठाएरै हामी फर्कियौं।’

प्रकाशित: १ माघ २०७८ १६:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App