coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोभिडले मुख्यमन्त्रीको ‘येले संवत ५०८२ स्वागत कार्यक्रम’ रद्द

फैलँदो कोभिडका कारण मुख्यमन्त्री राजेन्द्रकुमार राई माघ १ गते उदयपुर आउन पाएनन्। किराती नयाँ वर्ष (येले संवत) ५०८२ लाई स्वागत तथा यलमहाङ (यलम्बर) को सालिक अनावरण गर्ने कार्यक्रममा मुख्यमन्त्री राई कोभिडका कारण आउन नपाएका हुन्।

कोभिडले गर्दा किराती समुदायले यस वर्ष येले संवत मनाउन नपाएको किरात राई यायोक्खा उदयपृुरले जनाएको छ। यायोक्खाका अनुसार नेपालका प्रथम किराती राजा यलमहाङ (यलम्बर)को पालामा सुरु संबतलाई ‘यले संवत’ भन्ने गरिएको छ। हरेक माघ १ गतेदेखि सुरु हुने येले संवत यो माघदेखि ५०८२ सुरु भएको छ।  

नयाँ संवतलाई भव्य रुपमा स्वागत गर्न विभिन्न कार्यक्रम तय गरिए पनि साता दिनयता देशभर अचानक कोभिड फैलिएपछि पूर्व सन्ध्यामा आएर नयाँ संवत मनाउन आयोजित सबै कार्यक्रम स्थगित गर्नु परेको यायोक्खाका कार्यवाहक अध्यक्ष नवीन राईले बताए। उनका अनुसार नयाँ येले संवतलाई स्वागत गर्न उदयपुरमा दुई दर्जन बढी कार्यक्रम तय भएको थियो।

यसैबेला संघीय सरकारको कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) र जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को निर्णय अनुसार पुस २७ गतेदेखि भेला जमघटजन्य कार्यक्रम नगर्न निर्देशन भएपछि यले संवत मनाउने सबै कार्यक्रमहरु रद्द गर्नुपरेको राईले बताए।

मैनी मेला पनि रद्द

उता कटारी नगरपालिकामा पर्ने उदयपुर र सिन्धुलीको सीमा नदी कमलामा हरेक वर्ष माघ १ गतेदेखि १५ दिनसम्म मनाइने मैनी मेला पनि रद्द भएको छ। कटारी नगरपालिका १ खोक्सास्थित तावा, ककुर र कमला खोलाको संगमस्थल त्रिबेणीमा हरेक वर्ष १५ दिनसम्म मनाइने मैनी मेला कोभिडका कारण रद्ध गर्नु परेको कटारी नगरपालिकाले जनाएको छ।

नगपालिकाले मेला सञ्चालन गर्न ७ लाखमा ठेक्कासमेत लगाईसकेकोमा ठेक्का रद्द गर्नु परेको जनाएको छ। मेला लगाउनका लागि २ सयभन्दा बढी स्टल निर्माण, स्वागत गेट, नदी सफाई, सडक मर्मतजस्ता सबै तयारी पुरा भएकै बेला सरकारले कोभिड सतर्कता अपनाउन निर्देशन दिएपछि कार्यक्रम रद्द गर्नु परेको नगरपालिका मेला व्यवस्थापन समितिले जनाएको छ।

प्रकाशित: १ माघ २०७८ १४:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App